२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओखलढुङ्गामा जिप दुर्घटना, दुई प्रहरीको मृत्यु



अ+ अ-

ओखलढुङ्गा । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ भडारे खोला नजिक जिप दुर्घटना हुँदा दुई प्रहरीको मृत्यु भएको छ ।

सोलुखुम्बुबाट विराटनगरका लागि छुटेको बा१७च १०९४ नम्बरको जिप आज ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ भडारे खोला नजिक दुर्घटना हुँदा सोलुखुम्बुमा कार्यरत प्रहरी हवल्दार भूपेन्द्र कार्की र प्रहरी जवान मानिक राजवंशीको मृत्यु भएको हो ।

दुर्घटनामा अन्य सात जना घाइते भएका छन् । घाइते हुनेमा प्रहरी निरीक्षक ऋषिराज ढकाल, हवल्दार भूपेन्द्र खनाल र प्रहरी जवान रुपक विष्टलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ रेफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं प्रवक्ता उद्धव पोखरेलले जानकारी दिनुभयो ।

अन्य घाइतेको उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थकेयर र आस्था लाइफ हेल्थकेयरमा उपचार भइरहेको छ । दुर्घटनामा पर्ने सबै सोलुखुम्बुबाट प्रदेश नं १ को राजधानी विराटनगर जाँदै गरेका प्रहरी रहेको जनाइएको छ ।




भर्खरै