२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमा नयाँ नेतृत्व चयन हुँदै (भिडियोसहित)



अ+ अ-

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आज नयाँ नेतृत्व चयन गर्ने भएको छ ।

आइतवारदेखि सुरु भएको महासंघको छैठौँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुने कार्यतालिका प्रकाशित भएको छ । नयाँ नेतृत्वका लागि निवर्तमान वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँर र निवर्तमान महासचिव सरोज सिटौलाले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । महाधिवेशनले आगामी ३ वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ ।

निर्वाचन कार्यतालिका प्रकाशित भएपनि भरसक शिर्ष तहमा सहमतीको प्रयास भइरहेको निर्वाचन अधिकृत प्रकाश रावलले बताउनुभयो । उहाँले सर्वसम्मत नेतृत्व चयन नभएको अवस्थामा कार्यतालिका अनुसार मतदान प्रक्रिया आरम्भ हुने बताउनुभयो ।

निवर्तमान महासचिव सरोज सिटौलाले महासंघको नेतृत्वका लागि सर्वसम्मतिको प्रयास भइरहेको बताउनुभयो । सहमती नहुँदा लोकतान्त्रिक पद्धतीबाट चयन प्रक्रिया अगाडी बढ्ने बताउनुभयो । नेपालको यातायात क्षेत्र विभिन्न संकटले ग्रस्त भएको अवस्थामा देशभरका यातायात व्यवसायीहरुको संरक्षण गर्नसक्ने नयाँ नेतृत्व आउनुपर्ने उहाँले बताउनुभयो ।

निर्वाचन कार्यक्रमका लागि ललितपुरको गोदावरीमा देशभरका यातायात व्यवसायीहरु भेला भएका छन् ।