२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँको भिमादमा एमाले उम्मेदवार छान्न मतदान, सुवेदी र थापा सिफारिस



अ+ अ-

तनहुँ । तनहुँको भिमाद नगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार छान्नका लागि नेकपा एमालेले मतदान नै गरेको छ । आउँदो वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा भिमादको मेयर र उपमेयरका आकांक्षी धेरै भएपछि सोमबार मतदानबाट नाम सिफारिस गरिएको हो ।

मतदानमा नगर कमिटी सदस्य ८४ जना सहभागी थिए । मतदानबाट मेयरमा दधिराज सुवेदी र इमानबहादुर थापाको नाम सिफारिस गरिएको छ । सुवेदीले ५८ र थापाले ५७ मत प्राप्त गरे ।

यस्तै, पुनः मेयरमा दोहोरिने आकांक्षा राखेका मेखबहादुर थापाले ३६ मत मात्रै पाएर आकांक्षीको सूचीबाट बाहिरिएका छन् ।

अर्कोतर्फ, उपमेयरमा शारदा खनाल, चन्द्रावती श्रेष्ठ र नारायणी गैह्रे लामिछाने सिफारिस भएका छन् । उपमेयरमा पाँच जना आकांक्षी रहेकोमा खनालले ७४, श्रेष्ठले ४८ र गैह्रेले ४७ मत पाएका छन् । यस्तै, दिना गोतामेले ३१ र पवित्रा थापा मगरले ४० मत पाएका थिए ।

भिमादमा अघिल्लो स्थानीय तहको निर्वाचनमा मेयर–उपमेयर सहित अधिक वडामा एमाले विजयी बनेको थियो ।