४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन

एफएनसिसीआईको साधारणसभा : अर्थतन्त्रको चिन्तादेखि मर्मस्पर्शी सम्बोधनसम्म

एफएनसिसीआईको साधारणसभा : अर्थतन्त्रको चिन्तादेखि मर्मस्पर्शी सम्बोधनसम्म
अ+ अ-

काठमाडौँ । हामी लगानी गर्छौं, प्रक्रिया सहज बनाइदिनुहोस् । हामी उत्पादन गर्छौं, अवरोध नगरिदिनुहोस् । हामी रोजगारी दिन्छौँ, हडताल नगरिदिनुहोस् । हामी निर्यात गर्छौं, प्रोत्साहन गरिदिनुहोस् । हामी पर्यटक ल्याउँछौँ, स्वागत गरिदिनुहोस् । हामी राजश्व बुझाउँछौँ, अपमान नगरिदिनुहोस्,’ यो मर्मस्पर्शी भनाइ हो, नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसीआई) का अध्यक्ष शेखर गोल्छाको ।

प्रसङ्ग थियो आज यहाँ आयोजित महासङ्घको ५६औँ वार्षिक साधारणसभा एवम् उद्योग वाणिज्य दिवसको कार्यक्रम । कोरोनाका कारण सङ्कटमा परेको अर्थतन्त्र क्रमशः लयमा फर्किन लागेको छ । सरकारले क्रमशः लगानीको वातावरण बनाए पनि अपेक्षित नतिजा हासिल हुन सकेको छैन ।

अर्थतन्त्रका प्रमुख तीन ‘पिल्लर’ मध्येको एक निजी क्षेत्र हो । तर देशमा धेरै भयो अपेक्षित मात्रामा लगानी वृद्धि हुन नसकेको । लगानीमैत्री वातावरण बन्न नसकेको गुनासोका बीच महाङ्घका अध्यक्ष गोल्छाले मध्यम र दीर्घकालीन सङ्कट निम्त्याइएको उल्लेख गर्नुभयो र उहाँका अनुसार त्यसको कारण हो– अपारदर्शिता र अल्पकालीन नीतिको अलमल ।

आर्थिक सङ्कटमा फसेको श्रीलङ्काको उदाहरण यतिखेर नेपालमा धेरै दिन थालिएको छ । अध्यक्ष गोल्छा नेपालमा पनि त्यस्तै हुन लागेको त होइन भन्ने आशङ्कालाई यहाँका उद्योगी, व्यवसायीले पनि नजिकबाट हेरेको बताउनुहुन्छ । यसैमा आउँछ सरकारको पारदर्शिता र नीतिगत स्ष्टताको प्रसङ्ग पनि ।

हिजोआजका आर्थिक मञ्चहरुमा प्रायः लिइने श्रीलङ्काको उदाहरणप्रति उहाँले भन्नुभयो, “हामी श्रीलङ्का जस्तो हुँदैनौँ, तर अहिले चनाखो भएनौँ भने केही वर्षपछि खराब अवस्थामा भने पक्कै पुग्नेछौँ ।”

अध्यक्ष गोल्छाले सङ्कट रोक्न रकम भित्र्याउने संयन्त्र बलियो बनाउनुपर्ने, मुलुकभित्र लगानीको अवसर सिर्जना गर्नुपर्नेमा जोड दिँदै भन्नुभयो, “लगानी भयो भने उत्पादन हुन्छ । उत्पादनले रोजगारीको माग गर्छ । प्रतिस्पर्धी उत्पादन गर्न सकियो भने निर्यात हुन्छ । यसमा सुहलियत दिन सकियो भने बजार बढ्छ । विश्वबजारमा माग बढ्दा थप अवसर सिर्जना हुन्छ । मुलुकको सम्पत्तिमा बढोत्तरी हुन्छ । सम्पत्ति बढ्यो भने सामाजिक न्यायसहितको खुला अर्थ व्यवस्था मजबुत हुन्छ ।”

अर्थतन्त्रमा ७७ प्रतिशत हिस्सा र ७५ प्रतिशत बढी रोजगारी सिर्जना गर्ने निजी क्षेत्रलाई सिंहदरबार र नेपाल राष्ट्र बैंकमा हुने छलफल र निर्णयबारे थाहा नहुनु दुःखद रहेको भन्दै उहाँले अर्थतन्त्रमा के कस्ता समस्या छन् भनेर उद्यमी व्यवसायीसँग छलफल गरेर समाधान निकाल्दा राम्रो हुनेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हामी पनि यही मुलुकका नागरिक हौँ, अर्थतन्त्रमा हाम्रो लगानी ७७ प्रतिशत छ । यहाँ करिब ७५ प्रतिशत रोजगारी हामीले सिर्जना गरेका छौँ । सोही हाराहारीमा राजश्व हामी र हाम्रो माध्यमबाट सङ्कलन हुन्छ । हामी पनि सङ्कट हुन नदिन योगदान दिन चाहन्छौँ, हामीलाई पनि मुलुकको माया छ ।”

चालु आवको सात महिनाको विवरणका आधारमा आत्तिनुपर्ने अवस्था नभएको स्पष्ट पार्दै उहाँले मुलुक गत कात्तिकदेखि नै सङ्कटोन्मुख भएको बताउनुभयो । अध्यक्ष गोल्छाले निजी क्षेत्रलाई राजश्वकोे स्रोतका रुपमा मानिएको तर विकासको साझेदार भने नमानिएका गुनासो गर्नुभयो । उहाँले सरोकारवालासँग सार्थक सहकार्यका लागि आफूहरु तयार रहेकामा जोड दिँदै भन्नुभयो, “हामीलाई थाहा छ, हामी सङ्कटोन्मुख छौँ, तर सङ्कटग्रस्त भइसकेका छैनौँ । मलाई विश्वास छ, अहिलेको सङ्कट केही महिनामा टर्छ ।”

उद्योगी व्यवसायीको छाता सङ्गठनका रुपमा रहेको महासङ्घका अध्यक्ष गोल्छाले गरेको यो भावनात्मक सम्बोधनले कार्यक्रमका अतिथि मुख्यसचिव शङ्करदास बैरागीलाई पनि सायद छोयो होला । त्यसैले उहाँको सम्बोधनमा पनि अध्यक्ष गोल्छाका गुनासोहरु मुखरित भएका थिए । उहाँले सरकारले निजी क्षेत्रलाई सरकारले आफ्नो सारथिका रुपमा नलिएको गुनासाको खण्डन सुरुमै गर्नुभयो र भन्नुभयो, “सरकारले कहिल्यै पनि निजी क्षेत्रलाई फरक ढङ्गले हरेको छैन बरु आफ्नो साझेदार अर्थात् सहयोगीका रुपमा लिएको छ ।”

मुख्यसचिव बैरागीले थप्नुभयो, “निजी क्षेत्र सरकारको अनन्य विकास साझेदार हो । हामीले हरेक क्षेत्रमा साझेदारी गरेका छौँ । सरकार र निजी क्षेत्र एक आपसमा मिल्नुको विकल्प छैन ।” उहाँले देशको अवस्था खराब नभएको र हल्ला भएजस्तो समस्यामा नपरेको बताउनुभयो । “जोखिमका केही लक्षण देखिएका छन् । हामी सबै मिलेर त्यसको समाधान निकाल्नुपर्छ । हामी खुला हृदयका साथ छलफल गर्छौं र समाधानको उपाय पनि निकाल्छौँ ।”

“सरकार र निजी क्षेत्रबीचको उद्देश्यमा समानता छ । सुधार निरन्तरको प्रक्रिया हो, कहीँ कतै कमजोरी भएको भए, त्यसलाई सुधार गरेर जान हामी तयार छौँ,” निजी क्षेत्रलाई ढाडस दिँदै मुख्यसचिवले भन्नुभयो, “लगानीको सहज वातावारण बनाउन सरकारले गृहकार्य गरिरहेको छ ।”

महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पनि अर्थतन्त्रमा देखिएको समस्या र समाधानका उपाय, सरकार र निजी क्षेत्रको समन्वयका बारेमा धारणा राख्नुभयो । यसअघि आएको श्रीलङ्काको उदाहरण उहाँले पनि पेस गर्नुभयो र भन्नुभयो, “समस्या छन् तर समाधान नै गर्न नसकिने अवस्थामा पुग्यो भन्ने होइन । त्यसका लागि हामी सबै सचेत हुनुपर्छ ।” उहाँले समस्याको पहिचान र त्यसको निरुपणका लागि ढिलाइ गर्न नहुनेमा भने जोड दिनुभयो ।

आत्मनिर्भर अर्थतन्त्रको विकासमा लागौँ सभामुख

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आत्मनिर्भर अर्थतन्त्रको विकास र विस्तारमा केन्द्रित हुन निजी क्षेत्रलाई आह्वान गर्नुभएको छ । अर्थतन्त्र परनिर्भर हुँदा अनेक खालका समस्या देखिएको भन्दै उहाँले त्यसका लागि सरकार र निजी क्षेत्रको सार्थक सहयोग र सहकार्य जरुरी रहेकामा जोड दिनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घको ५६औँ वार्षिक साधारणसभा एवम् उद्योग वाणिज्य दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै सभामुख सापकोटाले निजी क्षेत्रसँग ज्ञान, सीप, प्रतिभा र क्षमता सबै भएको भन्दै वर्तमान आर्थिक जटिलताबाट पार पाउन पनि यस क्षेत्रले भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो ।

देशमा लगानी विस्तार तथा अन्य वातावरण बनाउन सभामुखका तर्फबाट खेल्नुपर्ने भूमिका इमान्दार भएर पूरा गर्न आफू तयार रहेको उहाँको भनाइ थियो ।

उहाँले आर्थिक विषयमा सरकार र निजी क्षेत्रको समान धारणा हुनुपर्नेमा जोड दिँदै भन्नुभयो, “हामीले दीर्घकालीन सोचका साथ काम गर्नुपर्छ । अल्पकालीन कार्यनीतिका पछाडि अलमल्लिनु हुँदैन ।” सभामुख सापकोटाले निजी क्षेत्रको क्षमतालाई प्रयोग गरेर देशलाई समृद्धिको मार्गमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।