२७ भाद्र २०८३, शनिबार
,
Latest
अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भारतद्वारा नेपाललाई पुल सहयोग ‘मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक छ’–उपेन्द्र यादव धोबीखोलामा जलसतह बढ्दो, सतर्क रहन आग्रह अमेरिकी नागरिकसहित बाढीपीडितको पहिचानका लागि नेपाल प्रहरीलाई अमेरिकाले १० लाख डलर सहयोग गर्ने ‘अधिकारका लागि निर्णायक आन्दोलन गर्न तयार हुनुपर्छ’–सिके राउत
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाअभियोग प्रतिनिधिसभामा पेस गर्ने तयारी



अ+ अ-

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्धको महाअभियोग प्रतिनिधिसभाको बैठकमा पेस गर्ने तयारी गरिएको छ । यसका लागि महाअभियोग सिफारिस समिति गठन गर्ने प्रयास भइरहेको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले महाअभियोग प्रस्ताव चाँडोभन्दा चाँडो निष्कर्षमा पुग्नुपर्ने भन्दै सभामुखले महाअभियोग सिफारिस समिति गठन गर्ने प्रयास गरिरहनुभएको जानकारी दिनुभयो ।

उहाँले संसद् नियमावलीकै व्यवस्थाअनुसार महाअभियोग अगाडि बढ्ने बताउनुभयो । “हाम्रो नियमावलीले प्रस्ताव दर्ता भइसकेपछि सात दिनपछिको कुनै बैठकमा राख्ने व्यवस्था गरेको छ । त्यसपछि थप प्रक्रिया सुरु हुन्छ । सम्भवतः अबको प्रतिनिधिसभा बैठकमा प्रस्ताव जान्छ होला”, उहाँले भन्नुभयो ।

नियमावलीमा महाअभियोग समिति ११ सदस्यीय हुने व्यवस्था छ । मन्त्री बडूले महाअभियोग सिफारिस समितिमा सबै दलको प्रतिनिधित्व होस् भन्ने ढङ्गले राजनीतिक नेतृत्व तहमा छलफल भइरहेको जानकारी दिनुभयो । सत्ता साझेदार दल नेपाली कांग्रेस, नेकपा (माअ‍ोवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का ९८ जना सांसदहरुले प्रधानन्यायाधीश राणाविरुद्ध गत फागुन १ गते महाअभियोग दर्ता गराएका थिए ।