२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हलेसीमा पन्ध्रदिने रामनवमी मेला



अ+ अ-

खोटाङ । रामनवमीको अवसरमा खोटाङको हलेसीमा पन्ध्रदिने मेला लागेको छ । यहाँ पूजाआजा गर्न भक्तजनको बाक्लो उपस्थिति छ ।

हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा एक साता अघिदेखि मेला लागेको हो । मेलामा नेपालका साथै छिमेकी देश भारतबाट समेत उल्लेख्य सङ्ख्यामा भक्तजन आएका छन् । हलेसी विकास समितिका कार्यकारी निर्देशक समर भुजेलका अनुसार भक्तजनका कारण मन्दिर आसपासका होटल भरिभराउ छन् । आगामी दिनमा धर्मशाला निर्माण गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

नेपाल आयल निगमले समेत हलेसीमा धर्मशाला निर्माण गरिरहेको हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राईले जानकारी दिनुभयो । अधिकांश दर्शनार्थीले आफ्नै सवारीसाधन ल्याउने गरेका छन् । यसबाट सवारीसाधन व्यवस्थापनमा समस्या हुने गरेको छ । हलेसी मध्यपहाडी लोकमार्गमा पर्छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी विकल श्रेष्ठ मेला व्यवस्थित गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको बताउनुहुन्छ । हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । चट्टानै चट्टानले बनेको हलेसी मन्दिर आसपास महादेव गुफा, बसाहा गुफा, शिवपार्वती थान, भैरव गुफा, धर्मद्धार, पापद्वार, स्वर्गद्धार जस्ता विभिन्न द्वार छन् ।

प्राकृतिक भू–बनोटको हिसाबले पनि विश्वकै नमूना मानिने खोटाङको हलेसीस्थित बसाहा गुफा महादेव गुफाको ठीक पछाडिपट्टी पर्दछ । घना जङ्गलको बीचमा अवस्थित बसाहा गुफाको करिब ५० मिटरभित्र छिरेपछि देखिने आकाशको दृष्य प्राकृतिक सौन्दर्यको अनुमप उपहार जस्तो देखिन्छ ।

हलेसीमा रामनवमी, शिवरात्री, बालाचतुर्दशी, हरितालिका तीज, बोलबमलगायतमा मेला लाग्छ । मध्यपहाडी लोकमार्गको सुनकोशीस्थित हर्कपुर र दूधकोशीस्थित जयरामघाटमा पक्की पुल बनेसँगै तराईसँगको सिधायातायात जोडिएको छ ।