२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेता सिंहको नेताहरुले पदमा पुगेकाहरुको चाकडी गर्ने प्रवृत्ति ठीक नभएको गुनासो



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले महाधिवेशनको प्रक्रिया शुरु भइसकेपनि अझै केही जिल्लामा क्रियाशील सदस्यताको टुंगो लगाउन बाँकी रहनु बिडम्बना भएको बताउनुभएको छ ।

सोमबार नेपाली काँग्रेस काठमाडौं महानगरपालिकाको नेतृत्व चयनपछि पदाधिकारीहरुलाई बधाइ दिँदै उहाँले महाधिवेशनको प्रक्रिया शुरु भइसके पनि अझै केही जिल्लामा क्रियाशील सदस्यताको टुंगो लगाउन बाँकी रहनु बिडम्बना भएको बताउनुभएको हो । 

उहाँले पार्टीका केन्द्रिय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहनगरमै जिल्ला कार्यसमितिको निर्णयलाई लत्याएर एकलौटि निर्णय भएको भन्दै डेमोक्रेटिक पार्टी नेपाली काँगेसमा अनडेमोक्रेटिक गतिविधि हुन थालेको बताउनुभयो । उहाँले अबको महाधिवेनबाट युवा पुस्ताले पार्टीको नेतृत्वलाई सम्हाल्ने आश राखेको पनि बताउनुभयो । नेता सिंहले पार्टीका केही व्यक्तिहरु पार्टी भित्र भएका अन डेमोक्रेटिक कुराहरुको बिरोधमा बोल्नु नहुने भनेर स्यालको हुलियाजस्तो कराइरहेको बताउनुभयो ।

नेता सिंहले भन्नुभयो, ‘पार्टीको हाम्रो १४ औँ महाधिवेशनको प्रक्रिया शुरु भइसकेको छ,शुरु भएर पनि यसपटक महाधिवेशनको प्रक्रिया शुरु भइसक्यो तर ४ वटा जिल्लामा अझै पनि क्रियाशील सदस्यताको टुंगो लागिसकेको छैन,१३ औँ महाधिवेशन जो नेतृत्व सम्हालेर बसिरहनुभएको छ,उहाँहरुले पार्टीको विधानअनुसार बहन गर्नसक्नु पर्ने काम उहाँहरुले गर्न नसकेको कुरा अहिले एकपछि अर्को घटनाहरुले प्रमाणित गरिरहेको छ, नेपाली काँग्रेस डेमोक्रेटिक पार्टी भएकोले धाँदलीरहीत हुनुपर्नेमा जिल्लामा अहिले क्रियाशील सदस्यतामा जुन तलमाथि गर्ने, विधि प्रक्रिया पूरा नगरीकन गर्ने यस्तो बढी भइरहेको छ, दुःख लाग्ने कुरा केन्द्रिय सभापतिजीको जिल्लामा नै जिल्ला कार्यसमितिले गरेको निर्णयको खिलाफमा, जिल्ला कार्यसमितिलाई समावेश नै नगरी एकदौटी किसिमले निर्णय गर्ने, त्यसैले डेमोक्रेटिक पार्टीमा यस्तो असंवैधानिक कुराले न्याय गर्दैन, डेमोक्रेटिक पार्टी भन्ने अनि त्यसभित्र भएको अन डेमोक्रेटिक कुराहरुको बिरोधमा बोल्नु नहुने भनेर स्यालको हुलियाजस्तो कराइरहेका छन्,गर्न नहुने काम आफूले गर्ने,कसैले बोल्नै नपाउने भन्ने ? सिनियर लिडरहरुले त अनावरत रुपमा लिइराख्नुभएको छ, अब युवालाई सत्ता हस्तान्तरणको समय भइसक्यो ।’

नेता सिंहले केही नेताहरुले पदमा पुगेकाहरुको गुनगान गाउने र चाकडी गर्ने प्रवृत्ति ठीक नभएको गुनासो गर्नुभयो । उहाँले १३ औँ महाधिवेशनपछि पार्टीमा भएका कमीकमजोरीहरुलाई १४ औँ महाधिवेशनपछि सुधार गर्ने प्रतिवद्धता जनाउनुभयो ।