४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन

ऋण लिएर रेल ल्याउन उपयुक्त हुदैन: प्रधानमन्त्री देउवा

ऋण लिएर  रेल ल्याउन उपयुक्त हुदैन: प्रधानमन्त्री देउवा
file photo
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा रेल आवश्यक भएपनि बनाउन धेरै खर्च लाग्ने बताउनुभयो । मुलुकको अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्ने उद्देश्यसहित निर्मित नेपालकै पहिलो चोभार सुक्खा बन्दरगाहको उद्घाटन गर्दे प्रधानमन्त्री देउवाले कुनै दातृ राष्ट्र वा संस्थासँग सस्तो व्याजदर अथवा ग्राण्टमा पाए रेल ल्याउन सकिने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘रेल आवश्यकता छ तर रेल बनाउन धेरै खर्च लाग्नसक्छ । त्यसकारण कुनै दातृ राष्ट्रहरुसँग, दातृ संस्थाहरुसित हामीले एकदमै सस्तो व्याजदरमा होस् अथवा ग्राण्टमा होस् । त्यो भयो भने रेल फाइदाजनक हो । फाइदा हुनेछ । रेल ल्याएर महङ्गो भएर फेरी समस्यामा नेपाल नपरोस् । व्यापार घाटा बढेको बढेकै छ त्यसकारण यसमा ध्यान पु-याउनुपर्छ भन्ने लाग्छ ।यस सम्बन्धमा हामी सबै साथीहरुसँग सल्लाह गरेर के गनुपर्छ गर्छौ ।

प्रधानमन्त्री देउवाले चोभार सुख्खा बन्दरगाहले काठमाडौं उपत्यकालाई अन्तर्राष्ट्रिय व्यापारको हब बनाउने बताउनुभएको छ । प्रधानमन्त्री देउवाले यो सेवा सञ्चालन हुँदा काठमाडौं उपत्यका अन्तर्राष्ट्रिय व्यापारको हबको रुपमा विकास हुने बताउनुभएको हो । उहाँले उपत्यकाबाट हुने व्यापारलाई सहजीकरण गर्न र व्यापारको लागत घटाउन बन्दरगाहले सहयोग गर्ने बताउनुभयो ।

त्यसैगरी वस्तु तथा सेवाको आयात र निर्यातलाई व्यवस्थित र प्रतिस्पर्धी बनाउन सुख्खा बन्दरगाहले भूमिका खेल्ने उहाँले बताउनुभयो ।उहाँले भन्नुभयो – ‘यसकारण सुख्खा बन्दरगाह सञ्चालनमा आएपश्चात मुलुकको आयात निर्यात व्यापारमा सबैभन्दा ठुलो हिस्सा ओगट्ने काठमाडौं उपत्यकाबाट हुने व्यापारलाई थप सहजीकरण गर्न, व्यापारको लागत घटाउन र वस्तु तथा सेवाको आयात निर्यातलाई थप व्यवस्थित गरी प्रतिस्पर्धा र प्रभावकारी बनाउन सहयोग पुग्नेछ ।

यो सुख्खा बन्दरगाहको निर्माणले राजधानिलाई अन्तर्राष्ट्रिय व्यापारको हबको रुपमा विकास गर्न कोसेढुंगा हुने मैले अपेक्षा लिएको छु ।’ प्रधानमन्त्री देउवाले मुलुकको वैदेशिक व्यापारलाई दिगो र सन्तुलित रुपमा विकास गर्न सुख्खा बन्दरगाह जस्ता संरचनाहरुको आवश्यकता पर्ने बताउनुभयो । उहाँले बढ्दो व्यापार घाटालाई कम गर्न स्वदेशी कच्चा पदार्थ, स्वदेशी श्रम र सिपमा आधारित उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।

वैदेशिक व्यापारमा रहेका समस्या समाधानका निम्ति सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको प्रधानमन्त्री देउवाले बताउनु भयो । उहाँले उद्योगी, व्यवसायीलाई उत्पादनशील क्षेत्रमा लगानी गरी निर्यात बढाउन र अनुत्पादक बिलाशिताका वस्तु आयातलाई व्यवस्थापन गर्न सहयोग गर्न आग्रह पनि गर्नुभयो । उहाँले भन्नुभयो – ‘बढ्दो व्यापार घाटालाई कम गर्न हामीले एकातिर स्वदेशी कच्चा पद्धार्थ र स्वदेशी श्रम र सिपमा आधारित उत्पादनमा जोड दिनुपर्ने अवस्था छ ।

यसको अतिरिक्त वैदेशिक व्यापारमा विद्यमान प्रक्रियागत जटिलतालाई न्यूनिकरण गर्दै लानुपर्ने अवस्था छ । वैदेशिक व्यापारमा रहेका विभिन्न प्रकारका समस्या समाधान गर्न सरकार निजि क्षेत्रसँग सम्वाद, सहकार्य गर्न तयार छ । व्यापार घाटा कम गर्न नेपालको प्रतिस्पर्धात्मक क्षमता भएको स्वदेशी कच्चा पद्धार्थमा आधारित उत्पादनशील क्षेत्रमा लगानी बढाई निर्यात क्षमता बढाउने र अनुत्पादक विलाशिताका वस्तु आयातलाई व्यवस्थापन गर्ने कार्यमा सहयोग गर्न म सम्पूर्ण उद्योगपति, व्यवसायीहरुलाई आग्रह गर्न चाहान्छु ।’

प्रधानमन्त्री देउवाले लगानी र औद्योगिक विकासको वातावरण बनाउन सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।