३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग

एमबीबीएसको प्रवेश परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

एमबीबीएसको प्रवेश परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ
अ+ अ-

काठमाडौँ । महानगरीय अपराध महाशाखाले चिकित्सा शिक्षा आयोग सानोठिमीद्वारा सञ्चालित चिकित्सा शिक्षा स्नातक तहको मिति २०७८ चैत्र १८, २० र २१ गते सञ्चालन हुने एकीकृत प्रवेश परीक्षामा नक्कली प्रवेशपत्रसहित पाँच नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।

यही चैत १८ गते सञ्चालन भएको मेडिकल एजुकेसन कमन इन्ट्रान्स एक्जामिनेसन २०२२ परीक्षा अनुगमनका लागि अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा अपरेसन ‘इको’ सञ्चालन गरी उपत्यका स्थित सीसीआरसी कलेज, एम्बिसन कलेज, ग्रामर स्कुललगायतका परीक्षा केन्द्रबाट नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।

महोत्तरी जिल्ला सम्सी–४ स्थायी बसोबास भई किस्ट कलेजमा एमबीबीएसका प्रथम वर्षका विद्यार्थी २२ वर्षीय अमर पण्डितलाई पक्राउ गरिएको छ । धनुषा जनकपुर उपमहानगरपालिका–१४ बस्ने २१ वर्षीय वृकेश यादवको नाममा सीसीआरसी कलेज कुमारीपाटी ललितपुरमा परीक्षा दिइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

त्यस्तै धनुषा, अन्दुपट्टी गाउँपालिका–१ बस्ने २२ वर्षीय आजिवकुमार यादवको नाममा सीसीआरसी कलेज कुमारीपाटी ललितपुरमा परीक्षा दिइरहेको अवस्थामा सर्लाही चक्रघट्टा–४ का २२ वर्षीय अनिकेत चौधरी पक्राउ परेका हुन् ।

रूपन्देही ओमसतिया गाउँपालिका–३ बस्ने २० वर्षीय स्मित सिंहको नाममा ग्रामर स्कुल कोटेश्वरमा परीक्षा दिई सकेपश्चात विशेष सूचनाका आधारमा सप्तरी राजगढ–१ का राम आशिष यादवलाई नियन्त्रणमा लिइएको महाशाखाले जनाएको छ ।

त्यसैगरी महोत्तरी सम्सी गाविस–५ बस्ने २३ वर्षीय सन्नीकुमार साहको नाममा एम्बिसन कलेज मध्य बानेश्वरमा परीक्षा दिइरहेको अवस्थामा रफिगञ्ज, औरङ्गाबाद विहार, भारतका २४ वर्षीय ईस्तियाख अहमदलाई नियन्त्रणमा लिइएको छ ।

त्यस्तै रफिगञ्ज, औरङ्गाबाद विहार, भारत बस्ने २४ वर्षीय ईस्तियाख अहमदलाई आफ्नो नाममा एम्बिसन कलेज परीक्षा केन्द्रमा परीक्षा दिन लगाई आफू बाहिर बसेको अवस्थामा महोत्तरी सम्सी गाविस–५ बस्ने २३ वर्षीय सन्नीकुमार साहलाई नियन्त्रणमा लिइएको महाशाखाले जनाएको छ ।

पूर्ण छात्रवृत्तिमा एमबीबीएस पढिरहेका तर आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीहरूलाई विभिन्न आर्थिक प्रलोभन दिई फ्रि स्कलरसीप, पेइङ र जस्ट पास गर्ने वर्गीकरणका आधारमा प्रवेश परीक्षामा नाम निकालिदिए वापत रू दुई लाखदेखि १८ लाखसम्म रकम दिने प्रलोभन देखाई सहमग गराएर रू ५० हजार देखि रू दुई लाखसम्म एडभान्ससमेत दिई नक्कली प्रशिक्षार्थीको रूपमा प्रयोग गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।