२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालद्वारा मलेसिया ८५ रनले पराजित



अ+ अ-

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत नेपालले मलेसियालाई पराजित गरेको छ ।

शनिबार कीर्तिपुरस्थित टियु मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ८५ रनले पराजित गरेको हो ।

नेपालले दिएको २२४ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा १३८ रनमात्र जोड्यो ।

मलेसियाका लागि विरानदीप सिंहले सर्बाधिक ४७ रन जोडे । २६ बल खेलेका उनले ९ चौकाको मद्दतमा उक्त रन बनाएका हुन् । यस्तै, कप्तान अहमद फइजले ३१ बलमा ३३ रन जोडे । सीयद अजिजले १३ बलमा १७ रन जोडे ।

नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए भने दिपेन्द्र सिंह ऐरी र कमल ऐरीले २–२ विकेट लिए । यस्तै कुशल भुर्तेलले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको नेपालले २० ओभरमा ५ विकेटको क्षतिमा २२३ रन जोड्यो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले शतकीय इनिङ्स खेले । ५७ बल खेलेका उनी ११० रनमा अविजित रहे । उनले १० चौका र ६ छक्का प्रहार गरे ।

यस्तै, रोहित पौडेलले ३४ बलमा ५१ रनको अर्धशतकीय इनिङ्स खेले । रोहितले ५ चौका प्रहार गरे । ओपनर कुशल भुर्तेल ८ बलमा ९ रन जोड्दै आउट भए भने आशिफ शेख ९ बलमा १८ रन जोड्दै पेभिलियन फर्किए ।

मलेसियाका लागि मुहम्मद वफिक, पवनदीप सिंह, स्याज्रुल इड्रस र मुहम्मद आमिरले एक–एक विकेट लिए ।

नेपालसँग पराजित भएसँगै मलेसिया फाइनलमा पुग्न असमर्थ भएको छ । नेपाल यसअघि नै फाइनलमा पुगिसकेको छ । नेपालले फाइनलमा पपुआ न्युगिनीसँग खेल्नेछ ।