७ श्रावण २०८३, बिहीबार
,
Latest
संविधान ‘लिक’ बाहिर छ, अध्यादेशको व्यवस्था खारेज गर्नुपर्छ: वरिष्ठ अधिवक्ता भट्टराई पार्टी र संसद दुवैतिर विवेक र तर्क कमजोर बन्दै गएको छः भीष्मराज आङदेम्बे करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस्: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते जैविक कृषि प्रवर्द्धन र निर्यातका समस्या समाधान गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री साह कास्कीमा ‘अप्रेसन ३६५’, १८ मोटरसाइकल नियन्त्रणमा नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा कोशीमा ७४ प्रतिशत धान रोपाइँ विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ नेपाल श्रीलङ्कासँग पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिपेन्द्रको शतकीय इनिङ्समा नेपालले मलेसियालाई दियो २२४ रनको विशाल लक्ष्य



अ+ अ-

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत नेपाल र मलेसियाबीच खेल जारी छ ।

टस हारेर पहिले ब्याटिङ थालेको नेपालले मलेसियालाई २२४ रनको विजयी लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा नेपालले २० ओभरमा ५ विकेटको क्षतिमा २२३ रन जोड्यो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले शतकीय इनिङ्स खेले । ५७ बल खेलेका उनी ११० रनमा अविजित रहे । उनले १० चौका र ६ छक्का प्रहार गरे ।

यस्तै, रोहित पौडेलले ३४ बलमा ५१ रनको अर्धशतकीय इनिङ्स खेले । रोहितले ५ चौका प्रहार गरे । ओपनर कुशल भुर्तेल ८ बलमा ९ रन जोड्दै आउट भए भने आशिफ शेख ९ बलमा १८ रन जोड्दै पेभिलियन फर्किए ।

मलेसियाका लागि मुहम्मद वफिक, पवनदीप सिंह, स्याज्रुल इड्रस र मुहम्मद आमिरले एक–एक विकेट लिए ।

विशाल रनको लक्ष्य पछ्याएको मलेसिया यो खेलमा पराजित भएको खण्डमा फाइनल पुग्न असमर्थ हुनेछ । नेपालले यसअघि नै फाइनलको यात्रा तय गरिसकेको छ भने मलेसिया पराजित भएमा पपुआ न्युगिनीले फाइनलमा स्थान बनाउनेछ ।