९ पुष २०८१, मंगलवार
,
Latest
हुम्लामा हिमपात, जनजीवन प्रभावित व्यवस्था परिवर्तनपछि मात्रै अवस्था परिवर्तन : कमल थापा नरेश र सुनिलको ‘हाँसीराख माया’ सार्वजनिक दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न प्रदेश सरकारले सघाउने भेरी अस्पताल मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने थाइल्याण्ड, कम्बोडिया, लाओस, म्यान्मालगायतका देशमा जान चाहनेहरुलाई तीन बुँदे ट्राभल एड्भाइजरी जारी, सावधानी अपनाउन आग्रह सुदूरपश्चिमबाट मौसम बदली सुरु, चिसो बढ्यो, आज कहाँ पर्दैछ पानी ? महिला उद्यमीबाट उत्पादित सामग्रीको बिक्री तथा प्रदर्शनीको आयोजना पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा परराष्ट्रमन्त्री राणा स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेगनास तालका व्यवसायीलाई क्यूआर हस्तान्तरण, डिजिटल भुक्तानी गरेर डुङ्गा सयर सकिने



अ+ अ-

काठमाडौँ । बेगनास तालमा रहेका डुङ्गा व्यवसायीहरुलाई क्यूआर कोड वितरण गरिएको छ । नगदरहित कारोबार अभियानलाई निरन्तरता दिँदै सिभिल बैंक र फोनपेको सहकार्यमा शुक्रबार एक कार्यक्रमका बीच बेगनास ताल डुङ्गा व्यवसायी संघ मार्फत बेगनास तालमा डुङ्गा चलाउने २ सय २० डुङ्गा व्यवसायीहरूलाई क्युआर कोड वितरण गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक डा. रामशरण खरेल, बेगनास ताल डुंगा व्यवसाय समितिका अध्यक्ष ढकनाथ कडेँल, फेवा ताल डुंगा व्यवसायी समितिका अध्यक्ष बुद्धिबहादूर नेपाली, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल, फोनपेका एसिस्टेन्ट सिइओ दिवस सापकोटा लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले नगदरहित अभियानलाई प्रभावकारी बनाउन क्यूआर कोडलाई सर्वव्यापी रुपमा लैजानुपर्ने बताउनुभयो । यस्तै नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक डा. रामशरण खरेलले नोट छपाइ गर्दा खर्च हुने तथा विदेशीने मुद्रा बचाउन पनि नगदरहित अभियान अपरीहार्य रहेको बताउनुभयो ।

बेगनास तालमा क्यूआर हस्तान्तरणसँगै स्वदेशी तथा विदेशी पर्यटकले मोबाईल बैंकिङ्गमार्फत सहजै डिजिटल भुक्तानी गर्न सक्नेछन् । साथै भुक्तानी सेवा प्रदायकका मोबाईल एप्स् र वालेट मार्फत समेत सहजै रकम भुक्तानी गर्न सक्नेछन् । यस्तै वाह्य पर्यटकले पनि भिजा मार्फत बेगनास तालमा डिजिटल रुपमा रकम भुक्तानी गर्न सक्नेछन् । फोनपेले विदेशी पर्यटकलाई सहज बनाउनका लागि केहीदिन अघि मात्र भिजासँग सहकार्य गरेको थियो ।

फोनपे पेमेन्ट सर्विस लिमिटेड लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमति प्राप्त नेपालको अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रणाली सञ्चालक आबद्ध छन् । यस्तै फोनपेमा हालसम्म ६ लाख २० हजार भन्दा बढि मर्चेन्ट रहेका छन् । एक करोड ४० लाख भन्दा धेरै मोबाई बैकिङ्ग प्रयोगकर्ता तथा करिब ८० लाख भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाईल एप्स् मार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ ।

क वर्गको सिभिल बैंक लि.ले ११५ शाखाहरु, ११ एक्सटेन्सन काउन्टरहरु तथा ९७ एटिएमहरु मार्फत सेवा प्रदान गरिरहेको छ ।