२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोस्रो राष्ट्रियसभा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु



अ+ अ-

पर्वत । मोदी गाउँपालिका–८ चित्रेमा राष्ट्रियसभा अध्यक्ष कप भलिबल प्रयोगिता सुरु भएको छ । प्रतियोगिताको आज राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्नुभएको छ ।

गत वर्षदेखि राष्ट्रियसभा अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु गरिएको हो । गत वर्ष अध्यक्ष तिमिल्सिनाकै जन्मगाउँ मोदी–८ राम्जादेउरालीमा सञ्चालन गरिएको थियो । यसवर्ष छिमेकी वडा चित्रेमा आयोजना गरिएको हो ।

सो अवसरमा अध्यक्ष तिमिल्सिनाले स्वास्थ्यका लागि खेलकूद अपरिहार्य आवश्यकता रहेको बताउनुभयो । उहाँले खेल क्षेत्रको विकासबाट पनि मुलुकको आर्थिक समृद्धि गर्न सकिने जनाउँदै यस्ता प्रतियोगिताले ग्रामीण क्षेत्रका खेलाडीको अनुभव र क्षमताको विकास हुने बताउनुभयो ।

अध्यक्ष तिमिल्सिनले सरकारले सबै स्थानीय तहमा व्यवस्थित खेल मैदान विस्तार गरी खेलकूदसम्बन्धी प्रशिक्षण सञ्चालन गर्न सकेमा नेपाली खेलाडीले पनि बाह्य मुलुकमा पुगेर सफलता हासिल गर्नसक्ने बताउनुभयो । गाउँपालिकाको आयोजनामा दोस्रोपटक राष्ट्रियसभा अध्यक्ष कप भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।

आजदेखि यही चैत २० गतेसम्म सञ्चालन हुने वडास्तरीय भलिबल प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । लिग कम नक आउटका आधारमा खेलाइने खेलमा प्रथम हुनेले रु एक लाख ५१ हजार १११, द्वितीय हुनेले रु एक लाख एक हजार १११ र तृतीय हुनेले रु ५१ हजार १११ पुरस्कार र कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

सो अवसरमा रत्यौली प्रतियोगितासमेत आयोजना गरिएको छ भने डोरी तान्ने प्रतियोगिता, छेलो फाल्ने प्रतियोगितासमेत आयोजना गरिएको छ । दुवै प्रतियोगितामा प्रथम हुनेले रु १५ हजार राशिको पुरस्कार पाउने भएका छन् ।