१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा

‘आरआरआर’ ले ५ दिनमा कति कलेक्सन गर्यो ?

‘आरआरआर’ ले ५ दिनमा कति कलेक्सन गर्यो ?
अ अ+ अ-

एजेन्सी । एसएस राजामौली निर्देशित फिल्म ‘आरआरआर’ ले बक्स अफिसमा रेकर्ड तोड्ने क्रम जारी राखेको छ । ५५० करोडको बजेटमा बनेको यो फिल्मले अहिले ५ दिनमा ६२० करोडभन्दा बढीको विश्वव्यापी व्यापार गरेको छ ।

फिल्मले पाँचौं दिन विश्वभर ५८ करोडभन्दा बढीको व्यापार गरेको थियो । योसँगै फिल्मको हिन्दी संस्करणले पनि ५ दिनमा १०० करोडभन्दा बढी कमाएको छ । ‘आरआरआर’ले लाइफटाइम बिजनेसको हिसाबले पहिलो हप्तामै ‘बाहुबली’ को धेरै रेकर्ड तोड्ने ट्रेड विश्लेषक तरण आदर्शले जनाएका छन् ।

योसँगै ‘आरआरआर’ ले भारतमा हालसम्म ४१२ करोड रुपैयाँको ग्रस बिजनेस गरेको छ । ‘आरआरआर’ भारतमा अहिलेसम्मकै सर्वाधिक कमाइ गर्ने शीर्ष ५ फिल्मको सूचीमा तेस्रो नम्बरमा आएको छ । यस सूचीमा राजामौलीको ‘बाहुबली २’ (१०३१ करोड) पहिलो र ‘बाहुबली’ (४१८ करोड) दोस्रो नम्बरमा छ ।

अर्कोतर्फ रजनीकान्तको ‘२.०’ (४०८ करोड) चौथो र आमिर खानको ‘दंगल’ (३८७.३९ करोड) पाँचौं नम्बरमा छ । यो लिस्टमा साउथका चार फिल्म रहेका छन् भने बलिउडको एउटा मात्र फिल्म यस लिस्टमा परेको छ ।

मनोबाला विजयबलनले सामाजिक सञ्जालमा पोष्ट सेयर गर्दै रामचरण तेजा, जुनियर एनटीआर, अजय देवगन र आलिया भट्ट स्टारर फिल्म ‘आरआरआर’ ले पाँचौं दिन (मंगलबार) ५८.४६ करोडको वर्ल्ड वाइड ग्रस बक्स अफिस कलेक्सन गरेको बताएका छन् ।

यसअघि फिल्मले चौथो दिन (सोमबार) ७२.८० करोड, तेस्रो दिन (आइतबार) ११८.६३ करोड, दोस्रो दिन (शनिबार) ११४.३८ करोड र पहिलो दिन (शुक्रबार) २५७.१५ करोडको विश्वव्यापी व्यापार गरेको थियो ।