२२ भाद्र २०८३, सोमबार
,
Latest
सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक भोलि नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका मिडिया र टिकटिङ अधिकार बिक्री रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलेसियाविरुद्ध नेपाल विजयी



अ+ अ-

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत नेपालले मलेसियालाई पराजित गरेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सम्पन्न खेलमा घरेलु टोली नेपालले पाहुना टोली मलेसियालाई ६ विकेटले हराएको हो । नेपालका लागि आरिफ शेखले अर्धशतकीय इनिङ्स खेले । उनले ३८ बलमा सात चौका र एक छक्का प्रहार गर्दै ५७ रनको योगदानी दिए ।

ओपनर कुशल भुर्तेलले ६ बल खेल्दै १ रनमात्र जोडे । रोहित पौडेलले १० बलमा दुई चौका प्रहार गर्दै १२ रन जोडे । दिपेन्द्र सिंह ऐरीले १७ बलमा २१ रन जोडे । उनले एक चौका र एक छक्का प्रहरा गरे ।

यस्तै, दीलिप नाथले ७ बलमा १५ रन जोडेर अविजित रहँदा ४ बल खेलेका कुशल मल्ल २ रनमा अविजित रहे । मलेसियाका लागि पवनदीप सिंहले २ तथा मुहम्मद आमिर र सेद अजिजले एक–एक विकेट लिए ।

त्यसअघिद्ध टस जितेर पहिले ब्याटिङ थालेको मलेसियाले २० ओभरमा ८ विकेटको क्षतिमा ११४ रन जोड्यो । मलेसियाका लागि जुबेदी जुल्किफलले १५ बलमा ३२, अहमद फइजले ३८ बलमा २४, सायद अजिजले १९ बलमा १४, शार्भिन मुनियान्डीले १० बलमा ९, मुहम्मद आमिरले १९ मा १६ रन जोडे भने अइनुल हाफिज ११ बलमा ९ रनमा तथा पवनदीप सिंह १ रनमा अविजित रहे ।

नेपालका लागि करण केसी र सन्दीप लामिछानेले २–२ तथा अविनाश बोहरा, कुशल मल्ल र दिपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए ।

यसै खेलमा दीपेन्द्र सिंह ऐरी नेपालका लागि टी२० क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी बने । उनले २१ रन जोडेपछि कूल ८०३ रन पुर्‍याउँदै दीपेन्द्र नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी बनेका हुन् ।

उनी टी–२० मा नेपालका लागि ८०० रन बनाउने पहिलो खेलाडी समेत बने । दीपेन्द्रले पूर्व कप्तान पारस खड्कालाई पछि पारेका हुन् । ३३ खेल खेलेका पारसले १ शतक र ४ अर्धशतक मद्दतमा ७९९ रन बनाएका थिए ।