१८ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढीपछि बागमती प्रदेश सरकारको उद्धारदेखि पुनर्स्थापनासम्मको सक्रियता भोटेकोशी बाढीः विभिन्न स्थानबाट १७७ शव सङ्कलन ‘अतिकम विकसित मुलुकलाई सहानुभूति होइन, जलवायु न्याय चाहिन्छ’ सरकारले तोकेको ढुवानी भाडामात्र लिन ट्रक व्यवसायीलाई महासंघको आग्रह जलवायु संकटको कारण नेपाल होइन, असर भने नेपालीले भोगिरहेका छन् : निरज आचार्य बाढीपहिरोपछि काठमाडौंमा ग्यास अभाव, हेटौँडाबाट दैनिक १०० ट्रक एलपी ग्यास पठाइने बाढी र पहिराबाट  सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित संसदमा प्रधानमन्त्रीको सम्बोधनः विपद् उद्धारमै सिमित, जलवायु न्यायको मुद्दा आझेलमा  मुग्लिन–नारायणगढ सडकखण्डमा साना ढुंगा खसे, सडक डिभिजनले सतर्क रहन आग्रह मलेसियाविरुद्ध नेपाल फिल्डिङमा, आज पनि उत्कृष्ट सुरुआत
तपाईं के खोज्दै हुनुहुन्छ ?

विल स्मिथको थप्पडले क्रिस रकको भाग्य चम्किएपछि…



अ+ अ-

एजेन्सी । क्रिस रक र विल स्मिथबीचको विवादका कारण ओस्कार २०२२ अवार्ड समारोह चर्चामा आएको छ । क्रिस रकले कार्यक्रम होस्ट गर्दै थिए र उनले अभिनेता विल स्मिथकी श्रीमतीको मजाक उडाएका थिए जसको कारण विल स्मिथले क्रिस रकलाई थप्पड हान्न पुगे ।

यो विवादले विश्वभर चर्चा कमाएको छ भने अर्कोतिर यो हल्लापछि क्रिस रकको भाग्य पनि चम्किएको छ । सबैले गुगलमा उनको बारेमा खोजी गरिरहेका छन् र एकै समयमा उनले स्ट्यान्ड–अप शोहरूमा पनि त्यसको फाइदा उठाइरहेका छन् ।

विल स्मिथसँग थप्पड काण्ड पछि, क्रिस रक संसारमाभरि छाएका छन् । उनको लोकप्रियता त छँदैछ तर योसँगै उनको कमेडी टुर पनि फाइदाजनक बन्दै गएको छ । क्रिस रकको आगामी स्ट्यान्ड अप शोहरूको माग बढेको छ । यति मात्र होइन, शोको टिकट मूल्यमा पनि ठूलो उछाल आएको छ । टिकपिकले ट्वीट गर्दै भनेको छ, ‘हामीले हिजो राति क्रिस रकको शोको जति टिकटहरू पूरै महिनामा बेचेका छैनौं ।’

मार्च १८ मा क्रिस रकले एउटा शो गरेका थिए जसको सस्तो टिकट मूल्य ४६ (५ हजार ५८५) डलर थियो । तर अहिले क्रिसको शोको टिकट ह्वात्तै बढेर मूल्य ४११ डलर (करिब ५० हजार) पुगेको छ । क्रिस रकको शोको लागि टिकटको मूल्य यसरी बढ्नु आश्चर्यको कुरा रहेको छ ।

क्रिस रकले मार्च ३० र अप्रिल १ मा बोस्टनको विल्बर थिएटरमा प्रदर्शन गर्नेछन् । उनले यहाँ छवटा शो गर्नेछन् । यसपछि क्रिस रकको ‘इगो डेथ वर्ल्ड टुर’ २ अप्रिलबाट सुरु हुनेछ । क्रिसले ३० शहरको भ्रमण गर्नेछन् । उनको यो भ्रमणको मिति तय भइसकेको छ । उनले न्यूयोर्क, लस भेगास, टोरन्टो, शिकागो जस्ता धेरै ठाउँमा प्रस्तुति दिनेछन् ।

क्रिस रकको यो टुर नोभेम्बर १७ मा लस एन्जलसको डल्बी थिएटरमा समाप्त हुनेछ । यो त्यही ठाउँ रहेको छ जहाँ क्रिस रकलाई विल स्मिथले थप्पड हानेका थिए ।