१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

नेपाल पत्रकार महासंघको स्थापना दिवसमा मन्त्री खतिवडा (भिडियोसहित)

नेपाल पत्रकार महासंघको स्थापना दिवसमा मन्त्री खतिवडा (भिडियोसहित)
अ अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले सरकारले स्वास्थ्य बीमाको दायरामा सबै नेपाली आउन सके स्वास्थ्योपचारमा सहजता हुने बताउनु भएको छ । बुधवार नेपाल पत्रकार महासंघको ६७ औँ स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री खतिवडाले यस्तो बताउनु भएको हो ।

उहाँले पत्रकारहरुको स्वास्थ्योपचारको लागि स्वास्थ्य मन्त्रालय, सञ्चार मन्त्रालय र नेपाल पत्रकार महासंघ बीच समन्वय र सहकार्य गरेर अघि बढ्न सकारात्मक रहेको पनि बताउनु भयो । मन्त्री खतिवडाले श्रमजीवि पत्रकारको लागि ७ लाख रुपैयाँसम्मको दुर्घटना बीमा यसअघिको बजेटमा ल्याइएको भएपनि अहिलेसम्म कार्यान्वयन नहुनुले चिन्तित बनाएको बताउनु भयो । उहाँले पत्रकारका हकहितका लागि उचित प्रश्ताव लिएर मन्त्रालयमा आउन पनि महासंघलाई आग्रह गर्नुभएको छ ।

मन्त्री खतिवडाले भन्नुभयो, ‘सरकारले स्वास्थ्य बीमा कार्यक्रम लागू गरिसकेको छ । बीमाको दायरामा सबै नेपालीहरु आउने हो भने स्वास्थ्योपचार निकै सहज हुने हाम्रो आँकलन छ । त्यसैले स्वास्थ्य बीमा बोर्डमार्फत बीमा गरी पत्रकारहरुको स्वास्थ्योपचारको सन्दर्भमा स्वास्थ्य मन्त्रालय, सञ्चार मन्त्रालय र नेपाल पत्रकार महासंघ बीच समन्वय र सहकार्य गरेर अघि बढ्ने सवालमा हामी सबै सकारात्मक छौँ ।

त्यसैले उचित प्रश्ताव अघि सार्न पनि म आग्रह गर्दछु । अघिल्लो सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रश्तुत गर्दा श्रमजीवि पत्रकारको लागि ७ लाख रुपैयाँसम्मको दुर्घटना बीमा गरी तिनीहरुको ५० प्रतिशत नेपाल सरकारले व्यहोर्ने व्यवस्था मिलाउने र साउन १ गतेबाट नै पत्रकार महासंघको सदस्य रहेका पत्रकारहरुलाई उपचार सुविधा परिचय पत्रको आधारमा देशभरका सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउने विषय उल्लेख थियो । तर यो आर्थिक वर्षसम्म यो विषय कार्यान्वयन हुन नसक्नुमा म चिन्तित छु । यो विषय म मेरै कार्यकाल रहँदा नै शुरु होस् भन्ने चाहन्छु त्यसैले यसको बारेमा काम अघि बढाउन निर्देशन समेत दिइसकेको छु । नेपाल पत्रकार महासंघले तत्काल यो काम अघि बढाएर कार्यान्वयनमा लैजान सञ्चार मन्त्रालयलाई ताकेता गरेमा र अर्थमन्त्रालयलाई भनेमा मेरो मन्त्रालयबाट म तत्काल यसको कार्यान्वयनमा लैजाने कुरामा प्रतिवद्धता जनाउन चाहन्छु ।’

त्यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पत्रकारको स्वास्थ्योपचारका लागि अस्पताल छुट्टैअस्पताल बनाएर निःशुल्क स्वास्थ्य सेवा दिँदा सरकारको सबै नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने लक्ष्यमा पुग्ने बताउनु भयो । उहाँले बजेट भाषणमा निःशुःल्क उपचारको कुरा आए पनि बजेट नछुट्याउँदा अझै पत्रकारले निःशुल्क स्वास्थ्य सेवा नपाएको गुनासो गर्नुभयो ।

अध्यक्ष पोखरेलले भन्नुभयो, ‘हामी क्रमशः काम गर्दै जाने हो भने लक्ष्यमा पुग्छौँ । हामीले जस्तै आर्मी, पुलिस, निजामति कर्मचारी सबैको लागि अस्पताल बनाइएको छ । यसरी पत्रकारको लागि पनि निःशुल्क उपचार पाउने अस्पताल बनाउने हो भने हामी सरकारले भनेको निःशुल्क स्वास्थ्य सेवा दिने लक्ष्यमा पुग्छौँ । बजेट भाषणमा त्यो कुरा आयो पनि तर नीति बन्यो तर रकम नछुट्याएको कारणले त्यो सेवा सुविधा पाउन सकेका छैनौँ ।’

नेपाल पत्रकार महासंघले आज स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम एवं प्रभातफेरी कार्यक्रम गरेर ६७ औँ स्थापना दिवस मनाएको छ । यस अवसरमा केन्द्रीय समितिले काठमाडौंको सिनामंगलदेखि सञ्चारग्रामसम्म बिहान प्रभातफेरी, रक्तदान र निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा पत्रकारहरूको मिर्गौला परीक्षण र दाँतको परीक्षण तथा उपचार भएको छ । कोभिडका कारण मिडिया क्षेत्रमा परेको असरबारे बहस र नीतिगत समाधानका लागि गर्नुपर्ने प्रयासहरूबारे छलफल गर्ने कार्यक्रम रहेको पनि महासंघले जनाएको छ ।