२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौसम : चट्याङसहित वर्षाको सम्भावना



अ+ अ-

काठमाडौँ । आगामी तीन दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वा क्षणिक वर्षा हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभावका साथै स्थानीय वायुको प्रभावका कारण आगामी तीन दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ ।

तराई भू–भागहरुमा हल्का तापक्रम बढ्ने क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन विभागले सबैमा अनुरोध समेत गरेको छ ।

हाल देशको प्रदेश नं १ लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्य तया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १७ दशमलव दुई डिग्री र अधिकतम तापक्रम २६ दशमलव चार डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ६ दशमलव दुई डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३५ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।