११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘अख्तियारले जुन पद्धती, तरिका अपनायो त्यो ठिक भएन’- मुख्यमन्त्री राउत



अ+ अ-

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो कार्यलयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मारेको छापामा असन्तुष्ट व्यक्त गरेका छन् । प्रदेशसभा बैठकमा आज विश्वासको मत लिँदै गर्दा मुख्यमन्त्री राउतले आफुलाई विभिन्न जालझेल र षड्यन्त्रको शिकार बनाईएको पनि बताएका छन् ।

मुख्यमन्त्री राउतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो कार्यलयमा छापा मार्दा आफुलाई पनि जानकारी नभएको र अख्तियारले जुन तरिका र पद्धती अपनायो त्यो ठिक नभएको पनि बताउनुभयो । बैठकमा बोल्दै मुख्यमन्त्री राउतले  कुनै पत्र बिना नै आफ्नो कार्यलयमा छापा मारिएको पनि बताए । गत असोज १३ गते प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको थियो।

मुख्यमन्त्री मुख्यमन्त्री राउतले प्रदेश २ मा  ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानमा छात्राहरूलाई साइकल वितरण गरेका थिए र सो साइकल खरिदमा अनियमितता भएको उजुरी परेपछि मुख्यमन्त्री कार्यालयमा अख्तियारले छापा मारेर कागजात नियन्त्रणमा लिएको थियो ।

सत्तारुढ दल विभाजित भएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी प्रावधानअनुसार नै मुख्यमन्त्री राउतले आज विश्वासको मत लिन लागेका हुन् । हाल सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) विभाजित भएको अवस्था छ ।