२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

परियारको स्मृतिमा हुलाक टिकट प्रकाशनको पहल गरिने



अ+ अ-

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले अधिकार रक्षक दयाराम परियारको स्मृतिमा हुलाक टिकट प्रकाशनका लागि पहल गर्ने भएको छ ।

परियारको १६औँ स्मृति दिवसका अवसरमा आज यहाँ आयोजित श्रद्धाञ्जलि कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष डा सूर्यप्रसाद शर्मा ढुङ्गेलले हुलाक टिकट प्रकाशनका लागि आयोगले तत्काल पहल गर्ने बताउनुभयो । परियारको नाममा ‘मानव अधिकार रक्षक लेखनवृत्ति’का लागि चालु आर्थिक वर्षमै बजेटको व्यवस्था गरिने उहाँले जानकारी दिनुभयो ।

श्रद्धाञ्जलि कार्यक्रममा परियारका दाजु प्रकाशचन्द्र परियारले दयारामले मानव अधिकार संरक्षणका दौरान शहादत प्राप्त गरेको भए पनि अझै पनि न्याय प्राप्त गर्न नसकेको गुनासो गर्नुभयो । दयारामलाई सहिद घोषणा गर्न आवश्यक पहल गर्नसमेत उहाँले आयोग समक्ष माग गर्नुभयो । दयारामका बारेमा वृत्तचित्र निर्माण र पुरस्कार स्थापना गर्नुपर्ने परियारको भनाइ थियो ।

मानव अधिकार आयोगका तत्कालिन जनकपुर सम्पर्क कार्यालयमा कार्यरत अधिकारकर्मी परियारको १६ वर्ष अघि प्रहरीको गोली लागि निधन भएको थियो । न्याय प्राप्तिका लागि आवश्यक पहल गरिने आयोगका प्रवक्ता डा टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । श्रद्धाञ्जलि कार्यक्रममा आयोगका सदस्यद्वय मिहिर ठाकुर र मनोज दुवाडी, आयोगका निमित्त सचिव, सहसचिव, कर्मचारीलगायतको उपस्थिति रहेको थियो । रासस