१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

अमेरिकी कलाकारले नेपालमा चलचित्र छायाङ्कन गर्ने

अमेरिकी कलाकारले नेपालमा चलचित्र छायाङ्कन गर्ने
अ अ+ अ-

काठमाडौं । नेपालको पर्यटन प्रवद्र्धनका साथै कला, संस्कृतिको प्रचार होस् भन्ने उद्देश्यले अमेरिकी राष्ट्रिय कलाकारको संस्था प्लेङ फर चेन्ज फाउण्डेसनमा आबद्ध कलाकारले नेपालका विभिन्न पर्यटकीय क्षेत्रमा चलचित्र छायाङ्कन गर्ने भएका छन् ।

उक्त फाउण्डेसनका निर्देशक ज्याक थोमससहितको टोलीले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई भेटेर सो कुराको जानकारी गराएका हुन् । आगामी वैशाखदेखि नेपालका विभिन्न पर्यटकीय क्षेत्रमा पुगेर चलचित्र छायाङ्कन गर्ने मन्त्री आलेलाई दिइएको हो । नेपालको सुरसुधा गु्रपसँग सहकार्य गरी उक्त फाउण्डेसनले चलचित्र निर्माण गर्ने भएको जानकारी पनि सो अवसरमा दिइएको थियो ।

यसैगरी उक्त फाउण्डेसनले नेपालमा सङ्गीत विद्यालय स्थापना गर्ने योजना बनाएको पनि सो फाउन्डेसनका व्यवस्थापक ईश्वर बज्राचार्यले बताउनुभयो । उहाँले सो फाउण्डेसनले नेपालका पर्यटकीय क्षेत्रको भ्रमण गरी तिनमा छायाङ्कन गरिएका चलचित्र निर्माण गर्नुका साथै सङ्गीत विद्यालय निर्माण गर्ने योजना बनाएको बताउनुभयो ।

यसअघि उक्त फाउण्डेसनले नेपालका काठमाडौँ, ललितपुर, उदयपुरको गाईघाट, कटारी, तिनतलेगाउँमा सङ्गीत विद्यालय स्थापना गरिसकेको छ । ती विद्यालयबाट निःशुल्करुपमा सङ्गीत सिकाउन थालिएको सुरसुधा गु्रपका तबला बाधक सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

मन्त्री आलेले अमेरिकी कलाकारले यहाँ चलचित्र निर्माण गर्ने र सङ्गीत विद्यालय खोल्ने योजना आफूहरुका लागि स्वागतयोग्य रहेको र यसले नेपालको पर्यटन प्रवद्र्धन तथा यहाँको कला, संस्कृतिको जगेर्नाका लागि सहयोग पुग्ने मन्त्री आलेले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो कला, संस्कृतिको जगेर्ना तथा यहाँका पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि निर्माण हुने कुरा हामी सबैका लागि स्वागतयोग्य छ, उक्त कार्यमा के सहयोग गर्न सकिन्छ, हामी सहयोग गर्न तयार छौँ ।”