१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

कञ्चनपुरको महेन्द्रनगरमा मझगाउँ विमानस्थल निर्माण कार्य सुरु (भिडियोसहित)

कञ्चनपुरको महेन्द्रनगरमा मझगाउँ विमानस्थल निर्माण कार्य सुरु (भिडियोसहित)
अ अ+ अ-

कञ्चनपुर । २०५६ सालमा असुरक्षाको कारण देखाउँदै बन्द गरिएको कञ्चनपुरको महेन्द्रनगर स्थित मझगाँउ विमानस्थल झण्डै दुई दशकपछि निर्माण कार्य सुरु भएको छ ।

विमानस्थल निर्माणको लागि ठेक्का प्रक्रिया मार्फत विमानस्थलको धावनमार्ग निर्माण कार्य अगाडि बढेको महेन्द्रनगर विमानस्थल आयोजना सहायक प्रमुख प्रकाश श्रेष्ठले जानकारी दिनुभयो । उहाँले विमानस्थल निर्माण कार्य सुरु भएको दुई हप्ता भएको बताउनु भयो । श्रेष्ठले विमानस्थल निर्माणको ठेक्का कान्छाराम कन्ट्रक्सन कम्पनी र जीएस जेभिले तीन वर्ष भित्र निर्माण सम्पन्न गर्ने सम्झौता अनुसार काम सुरु भएको जानकारी दिनुभयो ।

विमानस्थलको निर्माणको लागि ४५ करोड ६६ लाख २४ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, आयोजना २० दिन भयो काम सुरु भएको । यो विमानस्थलको ठेक्का कान्छाराम कन्ट्रक्सन कम्पनी र जीएस जेभिले पाएको छ । ४५ करोड ६६ लाख २४ हजार रहेको छ । ठेक्का भएको मितिले तीन वर्ष भित्र निर्माण कार्य सक्नु पर्ने छ । विमानस्थलको लागि सरकारले जग्गा समयमा नै उपलब्ध गराएमा समयमा नै निर्माण सक्ने योजनामा छांंै ।’

त्यस्तै, मझगाउँ विमानस्थल पुर्नसञ्चालन समिति संयोजक रमेश चन्दले विमानस्थल निर्माण सम्पन्न भएर सुदुरपश्चिममा पर्ने कञ्चनपुर जिल्लाको पर्यटक विकासको ढोका खोल्ने बताउनु भयो । उहाँले कञ्चनपुर जिल्ला सुदूरपश्चिमका नौ जिल्ला मध्ये सबैभन्दा बढी पर्यटकिय सम्भावना रहेकाले विमानस्थल बन्न आवश्यक रहेको बताउनु भयो ।

त्यस्तै, भीमदत्त नगरपालिका वडा न।१६ का वडाध्यक्ष सुरेन्द्र विष्टले विमानस्थल निर्माणको लागि यस क्षेत्रका स्थानीय तहका जनप्रतिनिहरुले चनावी घोषणा पत्रमा नै राखेकाले सबैको सहमतिमा निर्माण कार्य सुरु भएको बताउनु भयो । उहाँले विमानस्थल निर्माण भएर पर्यटकिय विकास तथा यहाँका जनताले रोजगारी पाउने बताउनु भयो । विष्टले विमानस्थल निर्माण सम्पन्न भएर सञ्चालन पछि काठमाडौंको पहिलो उडानमा जेष्ठ नागरिकलाई निशुल्क पशुपति घुमाउन लाने योजना रहेको सुनाउनुभयो ।

अहिले विमानस्थलको धावन मार्गको रोलिङ र फिलिङको काम सुरु भएको छ । विभिन्न चरणमा निर्माण गरिन लागेको विमानस्थलको पहिलो चरणमा १५ सय २५ मिटर क्षेत्रमा धावन मार्ग निमार्ण गरिने छ । विमानस्थल निर्माण कार्य सुरु भएसँगै स्थानियवासीहरु विमानस्थल सञ्चालन हुने आशाले हर्षित भएका छन् । महेन्द्रनगर सदरमुकाम क्षेत्रबाट यहाँका स्थानिय नागरिकले राजधानी काठमाडौं जान कैलाली स्थित धनगढी विमानस्थल जानु पर्ने बाध्यता रहेको छ । विमानस्थल निर्माणको लागि तीन तहका सरकारको लगानीमा निमार्ण हुन लागेको छ । जसमा ५० प्रतिशत नागरिक उड्यन प्राधिकरण, २५ प्रतिशत सूदूरपश्च्मि प्रदेश, १५ प्रतिशत भीमदत्त नगरपालिका र १० प्रतिशत दोधरा चाँदनी नगरपालिकाको लगानी रहेको छ । विमानस्थल सञ्चालनका लागि पुर्ननिमार्णमा लगानी सहकार्य गरेका स्थानिय तहले सञ्चालन गर्नमा पनि सहकार्य गर्ने बताएका छन् ।