२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट, आजै नव नियुक्त मन्त्रीको सपथ हुने



अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति बिद्यादेवी भण्डारीसँग भेट गर्नुभएको छ । बिहान ११ बजे नियमित ब्रिफिङ्ग गर्न प्रधानमन्त्री देउवा शितल निवास पुग्नु भएको थियो । करिब ४५ मिनेट जति भएको भेटमा प्रधनमन्त्री देउवाले दलहरु बीच छलफल जारी रहेको उल्लेख गर्दै  आज मन्त्रीपरिषद् विस्तार हुन सक्ने जानकारी राष्ट्रपति भण्डारीलाई गराउनु भएको थियो । 

सत्ता गठबन्धनमा रहेका दलहरुबीच मोटामोटी रुपमा मन्त्रालयको संख्या र जिम्मेवारीका बीचमा सहमति भएको छ । सरकार बनेको करिब तीन महिना पछि मन्त्री परिषद्ले पूर्णता पाउन लागेको हो । जस अनुसार नेपाली कांग्रेसले प्रधानमन्त्रीसहित ९,  माओवादी केन्द्रले ५, जसपाले ४ र एकीकृत समाजवादीले ४ वटा मन्त्रालय पाएका छन्। 

माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले एक , एक जना राज्यमन्त्री पनि पाएका छन्। गठबन्धनका पाँच दलमध्ये राष्ट्रिय जनमोर्चाले भने सरकारमा सहभागी नहुने भएको छ । यद्यपी नेपाली काग्रेसबाट को को सरकारमा सहभागी हुने भन्ने तय भने भइसकेको छैन । नेकपा (एकीकृत समाजवादी) बाट प्रेम आले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन, रामकुमारी झाँक्री स्वास्थ्य तथा जनसंख्या, विरोध खतिवडा सहरी विकास र किसान श्रेष्ठ श्रम मन्त्री हुने तयारी रहेको समाजवादीका एक नेताले जानकारी दिनुभयो ।  

यसैगरी माओवादी केन्द्रबाट देवेन्द्र पौडेल शिक्षा, शशी श्रेष्ठलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बनाउने तयारी रहेको छ ।महेश्वर गहतराज मन्त्री युवा तथा खेलकुदमन्त्री र बोधमाया यादवलाई कुन मन्त्रालयमा पठाउने भन्ने छलफल भइरहेको माओवादी केन्द्रका एक नेताले जानकारी दिनुभयो  । उता जनता समाजवादी पार्टीका तर्फबाट कसलाई मन्त्री बनाउने भन्ने तय हुन सकेको छैन । दुई नेता उपेन्द्र यादव र डा. बाबुराम भट्टराई बाहेक अन्य १९ जना नै मन्त्रीका आकाक्षी भएका कारण जसपा अप्ठारोमा परेको छ ।