११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली उठे अध्यक्ष उठ्दिन, फेरी महासचिव हुन्न: ईश्वर पोखरेल



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले दुईचोटी महासचिव भइसकेको भन्दै अब फेरि नदोहोरिने बताउनु भएको छ । दसैँको अवसरमा महासचिव पोखरेलले आइतबार सञ्चारकर्मीसंग शुभकामना आदानप्रदान गर्र्दै महासचिवमा नदोहोरिने  तर अध्यक्ष केपी शर्मा ओली नै हुने बताउनुभयो । 

उहाँले भन्नुभयो, "एमालेको आउँदो महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीलाई कमजोर पार्ने गरी कुनै गतिविधि हुदैन ।" महासचिव पोखरेलले अहिले केपी ओली एकातिर र ओलीविरोधी सबै अर्कोतिर भएर मुलुकको राजनीति दुई ध्रुवमा बाँडिएको छ यस्तो अवसथामा पार्टीमा एकमतका साथ सबै अघि बढुनु पर्छ ।  

पोखरेलले भन्नुभयो- ओली अध्यक्षमा उठ्दा म त्यसको दाबेदार हुन्न । हामी सहमतिमा नेतृत्व छान्छौं ‘ । महासचिव पोखरेलले राजनीति  गञ्जागोलको अवस्थामा रहेको कारण यो भन्दा ताजा जनादेशमा जानु उपयुक्त भएको बताउनु भयो ।