११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसको प्रतिनिधिमण्डलद्वारा बनारसको पशुपतिनाथ मन्दिर निरीक्षण



अ+ अ-

काठमाडौं । भारत भ्रमणमा रहेको नेपाली काँग्रेसको प्रतिनिधिमण्डलले आज बनारसस्थित ऐतिहासिक पशुपतिनाथ मन्दिरको निरीक्षण गरेको छ ।  नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतको नेतृत्वमा रहेको काँग्रेस नेताहरु उदश शमशेर राणा र अजय चौरसियासमेतको सो टोलीले बनारसस्थित करिब ३०० वर्ष पुरानो उक्त मन्दिरको निरीक्षण गरेको हो । 

भारतले बनाउन लागेको भनिएको हिन्दू करिडोरका क्रममा सो मन्दिर पर्नसक्ने भन्दै नेपाली समुदायले पहिलेदेखि नै चासो राख्दै आएको थियो । करिब ३०० वर्षअघि बनारसमा निर्माण भएको सो मन्दिर नेपाल भारतको धार्मिक तथा सांस्कृतिक एकताको धरोहर रहेको भन्दै उक्त सडक निर्माणका क्रममा सो मन्दिरलाई असर गर्न नहुने नेपालले बताउँदै आएको थियो ।

हिजोमात्र उत्तर प्रदेका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेट्ने क्रममा पनि डा महतसहितको काँग्रेसको प्रतिनिधिमण्डलले बनारसमा रहेको नेपाली मन्दिर हिन्दू करिडोर निर्माणका क्रममा विस्थापित हुनुसक्ने विषयमा चासो राखेको थियो । त्यस क्रममा मुख्यमन्त्री आदित्यनाथले उक्त मन्दिर त्यहाँबाट विस्थापित नहुने र करिडोरको निर्माण सो मन्दिरलाई असर नगरी छेउबाट जाने जानकारी गाराउनुभएको थियो । 

डा महतले आइतबार भन्नुभयो– हामीले आज सो मन्दिरको निरक्षण गर्यौँ, मन्दिरलाई कुनै असर गर्नेगरी नभई सडक मन्दिर छेउबाटै जाने भएकाले बरु मन्दिरसम्म सडकको पहुँच पुग्ने अवस्था रहेको हामीले पायौँ । 

भारतीय जनता पार्टीको निमन्त्रणामा हात भारत भ्रमणमा रहेको डा महत नेतृत्वको सो प्रतिनिधिमण्डलले हिजोमात्र उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ र शुक्रबार भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेको थियो । यस भ्रमण तथा भेटघाटबाट नेपाली काँग्रेस र भारतीय जनता पार्टी, नेपाल र भारत सरकार तथा नेपाल र भारतीय जनताबीचको जनसम्पर्क थप सुदृढ गर्न र विस्तार   गर्न सहयोग पुगेको डा महतले जानकारी दिनुभयो । (रासस)