२७ भाद्र २०८३, शनिबार
,
Latest
‘दुई तिहाईको सरकार, जनतालाई ग्यास खोई ?’ भन्दै नेकपा बहुमतको प्रदर्शन सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय विश्व शासनमा ग्लोवल साउथको भुमिका बढाउन ब्रिक्सले पहल गर्नुपर्छः मोदी कुनैपनि सरकारले गरेको राम्रो कामलाई राजनीतिकरण गर्नु हुँदैनः इन्द्र बानियाँ संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैनः नेपाल ‘राजनीतिक दल र नेताहरूको ‘दास मानसिकता’को कारण संघीयता कार्यान्वयन हुन सकेन’– सांसद शेर्पा युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘क्यालिब्रेशन फ्लाइट’ सकियो



त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
अ+ अ-

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग परीक्षणका लागि भइरहेको यान्त्रिक परीक्षण उडान अर्थात् ‘क्यालिब्रेशन फ्लाइट’ सम्पन्न भएको छ । बिहीबार र आज शुक्रबार दुई दिन भएको उक्त फ्लाइटका कारण अन्य उडानहरु भने नियमित हुन सकेका थिएनन् । 

आज पनि दुई घण्टा उक्त क्यालिब्रेशन फ्लाइट भएको थियो । उक्त उडानका कारण आज पनि दुई घण्टा उडान र अवतरण हुन सकेको थिएन । अहिले भने आजका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेशन फ्लाइट सकिएको विमानस्थलका निर्देशक प्रेमनाथ ठाकुरले बताउनुभयो ।

उहाँले भन्नुभयो, “क्यालिब्रेशन फ्लाइटका कारण केही समय जहाज अडान र अवतरणमा केही कठिनाइ भई आकासमै होल्ड गराएका थियौँ, केही जहाज अवतरण गराएका थियौँ, आजलाई सकिएको छ, अब सिमरामा हुन्छ ।” करिब दुई घण्टा भएको उक्त क्यालिब्रेशन फ्लाइटका कारण आज बिहान ११ः३० देखि १ः३० बजेसम्म धेरै जहाज आकासमै होल्ड भएका थिए भने सो अवधिमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान हुने जहाज आकासमै घुमिरहेका थिए । 

क्यालिब्रेशन फ्लाइट सकिएका कारण आकासमै होल्ड भएका जहाजहरु अहिले अवतरण भएका छन् भने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु सञ्चालन भएको विमानस्थल कार्यालयले जनाएको छ । उक्त क्यालिब्रेशन फ्लाइटका लागि आएको जहाज अझै केही दिन नेपालमै रहने र केही दिनपछि समय हेरेर पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेशन फ्लाइट गरिने निर्देशक ठाकुरले जानकारी दिनुभयो ।