• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   अर्थमन्त्रीले ५ खर्ब बढीको स्रोत सुनिश्चितताको पत्र दिएर आर्थिक अनुशासनहिनता देखाउनु भयो: रघुजी पन्त ★   बालुवाटारमा प्रचण्ड, ओली र देउवाबीच बैठक जारी ★   संवैधानिक परिषद् विधेयकसम्बन्धि राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश ★   सरकारको वार्षिक प्रतिवेदन आ. व. २०७९/८० प्रतिनिधि सभा बैठकमा पेश ★   देशका विभिन्न भागमा विद्युत कटौति गरेकोमा सांसदहरुको आक्रोश ★   न्यूरोडमा सडक विभाग र महानगर प्रहरीबीच विवाद ★   दलित समुदायको अधिकार संरक्षण एवं संवर्द्धनका लागि दलित विकास प्राधिकरण: प्रधानमन्त्री ★   चितवनमा हुरीले दुई हजार पाँच सय बिघा क्षेत्रफलको केरामा क्षति ★   जेठो हिमाल आरोहणको ७४ वर्ष पूरा ★   गौरवको आयोजना तिवारीभञ्ज्याङ–अधेँरीघाट सडक कालोपत्र

नागरिकता बिहिनहरुको प्रश्न- गृहमन्त्रीज्यू हामीले नागरिकता किन नपाउने ?



काठमाडौँ। नागरिकता बिहिनहरु नागरिकहरुले गृहमन्त्री बालकृष्ण खाँडलाई ज्ञापनपत्र बुझाएका छन्। नागरिकता बिहिन नेपालीहरुका सयोजक ईञ्नयर इन्जिनियर साफीको टोलीले गृहमन्त्री खाँडलाई ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा उनिहरुले नेपालको संविधान २०७२ को भाग २ धारा १० को उपधारा १ अनुसार कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट बन्चित गरिने छैन भन्ने स्पष्ट व्यवस्था गरेपनि आफुहरु नागरिकता बिहिन भएर बस्नु परेको पीडा उल्लेख गरेका छन् ।

ज्ञापनपत्रमा उनिहरुले संविधानको भाग २ को धारा ११ को उपधारा ३ अनुसार यो संविधान प्रारम्भ हुनुभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निज वालिग भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ भन्ने कुराको पनि स्मरण गराएका छन् ।

नागरिकता बिहिन नेपालीहरुले लेखेको पत्रमा संविधानको धारा ११ को उपधारा ५ अनुसार नेपालको नागरिक आमाबाट नेपालमा जन्म भइ नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजको आधारमा  नेपालको नागरिकता प्रदान गरिने उल्लेख भएको तर बाबु विदेशी नागरिक ठहरेमा त्यस्तो व्यक्तिको नागरिकता संघीय कानून अनुसार अंगीकृत नागरिकतामा परिणत हुने उल्लेख गरिएको छ ।

पत्रमा नेपालको संविधानले नागरिकता प्राप्तिमा नरोकेको भएपनि कानूनको अभाबमा नागरिकता प्राप्त गर्न नसकेको जनाइएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा शुशासन समितिमा २०७५ भाद्र ५ गते नागरिकता विधेयक दर्ता भए पनि सत्ताको लडाईमा नागरिकता विधेयक अघि बढ्न नसेकेको उल्लेख गर्दै कहिलेसम्म अनागरिक भएर बस्ने भनि प्रश्न गरेका छन् ।

नागरिकता बिहिनहरुले आफुहरुलाई परेको समस्या उल्लेख गर्दै पत्रमा लेखेका छन् नागरिकता नभएर पढ्न पाइएन, पढेपनि काम गर्न पाइएन, वैदेशीक रोजगारीमा जाने आधार छैन, बैकमा खाता खोल्न सकिएको छैन, आफनो नामबाट सीमकार्ड समेत निकाल्न नपाएको अबस्था छ । पटक पटक सरोकारवला निकायको ध्यानकर्षण गराउँदै आन्दोलन धर्ना, ज्ञापनपत्र बुझाउने काम गरेपनि कतैबाट सुनुवाइ भएको गुनासो उनिहरुको रहेको छ ।

भदौ २१ गते उनिहरुले सरकारको ध्यानकर्षण गराउन भन्दै नवलपरासीका प्रमुख जिल्ला अधिकारीलाई पनि ज्ञापनपत्र बुझाएका थिए । यसैगरी नागरिकता बिहिनहरुले आफुहरुको समस्या समाधानको पहल गरिदिन आग्रह गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि पत्र लेखेका थिए ।  

– सम्बन्धित समाचार 

नागरिकता विहीनको प्रश्नः हामी किन जनगणनामा सहभागी हुने ? (भिडियो सहित)

नागरिकता बिहिनको पत्र राष्ट्रपतिलाई, हामी कहिले सम्म अनागरिक भएर बस्ने ?

नागरिकता पाउनु पर्ने माग गर्दे नागरिकता बिहिनहरुले नवलपरासी प्रजिअलाई ज्ञापनपत्र बुझाए