१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्ली इलेक्सन हुने कुनै पनि सम्भावना छैनः प्रचण्ड



अ+ अ-

काठमाडौं । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सत्तारुढ गठबन्धनले अदालतमा देखिएका समस्याबारे छिट्टै धारणा सार्वजनिक गर्ने बताउनु भएको छ । 

अध्यक्ष दाहालले गठबन्धन दलका नेताहरु कोही कता, कोही कता हुने स्थिति रहेकाले अदालतमा देखिएका समस्याबारे छलफल हुन केही दिन ढिलाई भएको पनि स्पष्ट पार्नु भयो । शनिबार जनकपुरमा विमानस्थलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले गठबन्धन दलको बैठक बस्ने बित्तिकै समस्या समाधान हुने गरी अदालतको बारेमा आफूहरुले दृष्टिकोण बाहिर ल्याउने समेत बताउनु भयो । अध्यक्ष दाहालले गठबन्धन दलभित्र कुनै विवाद नरहेको दावी गर्नु भयो । उहाँले भन्नु भयो, ‘गठबन्धन ठिक ढंगले अगाडि बढदैछ । तपाईँहरुले पनि देखि राख्नु भएको छ । अव सरकारले पूर्णता पाईसकेपछि कामहरुले पनि विस्तारै गति लिन थाल्दैछ । काठमाडौंमा अहिले नेताहरु कोहि कता, कोही कता भएको हुनाले हामीले बैठक बस्न १÷२ दिन ढिला भएको छ । बैठक बस्ने वित्तिकै हामी आफ्नो धारणा बाहिर ल्याउँछौं । यसलाई समाधान गर्ने दृष्टिकोणले नै हामी हल गर्छौं । गठबन्धन स्मुथ्ली चलिराख्या छ । कुनै विवाद राजनीतिक वा अन्य विवाद आएको छैन ।’

अध्यक्ष दाहालले अर्ली इलेक्सन हुने कुनै पनि सम्भावना नरहेको बताउनु भयो । हाम्रो संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको पछिल्लो फैसलाले पनि मुलुक अर्ली इलेक्सनमा जान मिल्ने अवस्थामा नरहेको उहाँको तर्क थियो । अध्यक्ष दाहालले भन्नु भयो, ‘अर्ली इलेक्सन हुँदैन । बडो क्लियर हुनुहोला । अर्ली इलेक्सन किन हुँदैन भने हाम्रो संवैधानिक व्यवस्थाले पनि त्यो परिकल्पना गरेको छैन । दोस्रो कुरा सर्वोच्च अदालतले गरेको फैसलाले पनि अर्ली ईलेक्सन हुँदैन । कोही कन्फ्युज हुनु पर्दैन ।’

अध्यक्ष दाहालले राष्ट्रियसभाको निर्वाचनमा सत्तारुढ गठबन्धनले मिलेर चुनाव लडने सैद्धान्तिक सहमती भईसकेको जानकारी दिनु भयो । उहाँले अध्यादेश ल्याएर भएपनि नागरिकता विधेयक अगाढि बढाउन आफूहरु तयार रहेको बताउनु भयो ।