१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई

प्रदेश सरकार सञ्चार मैत्री भएर अघि बढ्छ : मुख्यमन्त्री पाण्डे

प्रदेश सरकार सञ्चार मैत्री भएर अघि बढ्छ : मुख्यमन्त्री पाण्डे
अ अ+ अ-

चितवन । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेश सरकार सञ्चार मैत्री भएर अघि बढ्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ वाग्मती प्रदेशको प्रथम प्रादेशिक सम्मेलनको आज सौराहामा उद्घाटन गर्दै उहाँले देशको परिवर्तनमा सञ्चार माध्यम र सञ्चारकर्मीको अतुलनिय योगदान रहेको उल्लेख गर्नुभयो । 

सञ्चार माध्यम र सञ्चारकर्मी राजनीतिक स्थिरताको पक्षमा उभिनुपर्ने भन्दै मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “राजनीतिक आन्दोलन मार्फत परिवर्तनका लागि खेलेको भूमिकाका आधारमा सञ्चारकर्मी राजनीतिक स्थिरताको पक्षमा लाग्नु पर्छ ।” प्रदेश सरकार संविधान, लोकतन्त्र, संसद्, सङ्घीयता र समावेशी लोकतन्त्रको पक्षामा रहेको भन्दै उहाँले यसमा वकालत गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो । 

आफ्नो कार्यकालमा कुनै पनि सञ्चार माध्यमलाई पक्षपात नुहुने भन्दै मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “संविधान, सङ्घीयता र लोकतन्त्रको विपक्षमा उभिने सञ्चार माध्यमको पक्षमा म हुने छैन ।” गठबन्धनबाट मुख्यमन्त्री बनेको भन्दै उहाँले एउटा मात्रै पार्टीको भनेर हिँड्न पाउने छुट अहिलेको प्रदेश सरकारलाई नरहेको उल्लेख गर्नुभयो ।  

अघिल्लो प्रदेश सरकारले आफ्नै सञ्चार माध्यम खोल्ने नीति ल्याएको भए पनि आफु त्यसको पक्षमा नरहेको मुख्यमन्त्री पाण्डेले स्पष्ट पार्नुभयो ।  उहाँले भन्नुभयो, “मिडिया राज्यले सञ्चालन गर्न जरुरी छैन । छुट्टयाएको बजेट ठिक ढङ्गले ठिक काममा लगाउँला ।”

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले महासंघ प्रेस स्वतन्त्रता प्रति प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले प्रदेश सरकार र स्थानीय पालिकाले सञ्चार नीति बनाउँदा प्रेस माथि नियन्त्रण गर्न खोजेको भन्दै सबै चनाखो भएर लाग्न आग्रह गर्नुभयो । 

प्रदेश र जिल्ला शाखालाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिँदै उहाँले सञ्चार क्षेत्रको हितमा पत्रकार महासंघ सधैँ रहने उल्लेख गर्नुभयो । पत्रकार महासंघ सुद्धिकरणका लागि तयार रहेको भन्दै उहाँले जिल्ला अध्यक्षलाई यस काममा लाग्न समेत आग्रह गर्नुभयो । 

कार्यक्रममा वाग्मती प्रदेशका प्रेस रजिष्टार रेवती सापकोटा, नेपाल पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष रमेश विष्ट, केन्द्रिय सचिव सृजना अर्याल, नेपाल प्रेस युनियनका बरिष्ठ उपाध्यक्ष दीपक आचार्य, पत्रकार महासंघ वाग्मती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, प्रेस सेन्टर नेपालका प्रदेश अध्यक्ष लक्ष्मण खड्का, प्रेस चौतारीका प्रदेश सह–संयोजक शिशिर सिंखडा, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । 

नेपाल पत्रकार महासंघ वाग्मती प्रदेशका अध्यक्ष शिव देवकोटाको अध्यक्षतामा भएको सो सम्मेलनमा प्रदेशका १० जिल्लाका महासंघका अध्यक्ष, सचिव र कोषाध्यक्षको सहभागिता छ । भेलाले नेपाल पत्रकार महासंघ वाग्मती प्रदेशको तीन वर्षे कार्ययोजना बनाउने छ ।