१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई

प्रदेश नं १ मा गठबन्धनको सरकार निर्माण हुन्छः मन्त्री कार्की

प्रदेश नं १ मा गठबन्धनको सरकार निर्माण हुन्छः मन्त्री कार्की
अ अ+ अ-

इनरुवा । सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रदेश नं १ मा राजेन्द्र राईको नेतृत्वमा गठबन्धनको सरकार निर्माण हुने बताउनुभएको छ ।

सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपलिका–८ वडाको प्रशासनिक तथा कार्यालय भवनको उद्घाटन कार्यक्रममा उहाँले सहमतिअनुससार नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्र राईको नेतृत्वमा गठबन्धनको सरकार निर्माण हुने बताउनुभयो । गठबन्धनको संस्कृति र गठबन्धनलाई मजबुद बनाउनु अहिलेको आवश्यकता भएकाले राईकै नेतृत्वमा गठबन्धनको सरकार निर्माण हुने मन्त्री कार्कीले दाबी गर्नुभयो ।

प्रदेशमा कुनै दलको सदस्य सङ्ख्या कमबेसी भए पनि जसरी केन्द्रमा संयुक्त गठबन्धनको सरकार निर्माण भएको छ त्यसरी नै प्रदेशमा पनि संयुक्त सरकार बन्ने मन्त्री कार्कीले दाबी गर्नुभयो ।

अहिले केन्द्रमा भएको गठबन्धनको सरकारलाई मजबुद बनाउन केन्द्रका शीर्ष नेताबीच छलफल गरेर भएको निर्णयलाई पालन गर्नुको विकल्प आफूहरूसमक्ष नभएको मन्त्री कार्कीले बताउनुभयो । केन्द्रमा भएको निर्णयका विषयमा हामीले एउटा उपयुक्त ठाउँमा छलफल गर्ने बताउँदै त्यसलाई अवज्ञा गर्ने अधिकार कसैलाई नभएकोसमेत उल्लेख गर्नुभयो । 

फरक प्रसङ्गमा मन्त्री कार्कीले वर्तमान सरकारले देशलाई दिगो विकासतर्फ अग्रसर गर्नका लागि क्रियाशील रहेको बताउनुभयो । मुलुकमा स्थिरता कायम गर्दै जनताको जीवनरक्षा गरेर देशलाई दिगो विकासतर्फ अग्रसर गराउनु अहिलेको सरकार हरपल प्रयासरत रहेको उहाँले दाबी गर्नुभयो ।

विगतका सरकारले साढे तीन वर्षमा केवल शक्ति आफ्नो हातमा केन्द्रित गर्ने, जनतालाई गफ बाँड्नेबाहेक केही नगरेको उल्लेख गर्नुहुँदै मन्त्री कार्कीले सरकारले लोकतन्त्रको रक्षा, पद्धतिको सुदृढीकरण, कानूनी शासनको प्रत्याभूति गर्दै सुशासनलाई केन्द्रमा राखेर जनतालाई सेवा र सुविधा प्रदान गर्ने बताउनुभयो ।

सरकारको पहिलो प्राथमिकता खोप भएकाले वैशाखभित्रमा खोप लगाउन योग्य नागरिकले खोप लगाइसक्ने मन्त्री कार्कीले बताउनुभयो । कोभिडको आतङ्कबाट विस्तारै हामीले मुक्ति पाइरहेको बताउँदै वर्तमान सरकारले जनताको जीवनरक्षा गर्ने कुरालाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।

कार्यक्रममा केन्द्रीय भूमि आयोगका अध्यक्ष केशव निरौला, सङ्घीय संसद् तथा पूर्वराज्यमन्त्री सीताराम मेहता, प्रदेश १ का सांसद ताहिर अन्सारी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नन्दन दत्त, इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, उपप्रमुख जमुना गौतम पोखरेल, सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, कोशी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीलगायतका विभिन्न पार्टीका नेता तथा कार्यकर्ता र स्थानीय तहका जनप्रतिनिधिको सहभागिता थियो । कार्यक्रम इनरुवा–८ का वडाध्यक्ष रवीन्द्र मण्डलको अध्यक्षतामा सम्पन्न भएको थियो ।