विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी)ले मुख्यमन्त्री नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।
सोमबार मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएलगत्तै प्रदेश प्रमुख प्यासीले नयाँ सरकार गठनको आह्वान गरेका हुन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मंगलबार दिउँसो १ बजेभित्र नयाँ सरकार गठनको दाबी पेश गर्न दलहरुलाई उनले आह्वान गरेका हुन् ।