१६ आश्विन २०८१, बुधबार
,
Latest
डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव ‘सुगर ड्याडी’ उर्फ आशिष देउलालाई थुनामा पठाउन आदेश काठमाडौंमा एक हप्ताभित्र मेलम्चीको पानी आउँछ: मन्त्री यादव बलान नदी कटानले जोखिममा बस्ती भियतनामको चिडियाखानामा बर्डफ्लूको कारण ४७ बाघको मृत्यु बारलाई प्रश्तावित प्रधानन्यायाधीशको प्रश्नः न्यायपरिषद्को कामलाई असंवैधानिक भनेर अर्थ लगाउँदा के हुन्छ ? अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज
तपाईं के खोज्दै हुनुहुन्छ ?

१४ औं गोदावरी पुष्प प्रदर्शनी सकियो



अ+ अ-

काठमाडौं । १४ औं गोदावरी फुलको प्रदर्शनीमा करिब ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नजिकिँदै गरेको तिहारलाई लक्षित गरी फ्लोरिकल्चर एशोसियशन अफ नेपालको आयोजनामा जावलाखेल मैदानमा भएको चार दिने गोदावरी पुष्प प्रदर्शनीमा करिब ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

एशोसियशनले ५० लाखको कारोबार हुने अनुमान गरेको थियो । यस्तै, अवलोकनकर्ताको सहभागीता पनि उत्साहजनक नै देखिएको छ । प्रदर्शनीमा करिब ३५ हजार जनाले अवलोकन गर्ने अनुमान गरेकोमा करिब ३८ हजारले अवलोकन गरेको एशोसियशनका सचिव हिरामणी शर्मा जानकारी दिनुभयो ।

उहाँले अवलोकनकर्ता र कारोबारको हिसावमा प्रदर्शनी आशा गरेको भन्दा धेरै राम्रो भएको पनि बताउनुभयो । प्रदर्शनीमा ४४ वटा व्यवसायीक र ४ वटा सूचनामूलक गरि ४८ वटा स्टल राखिएको थियो । प्रदर्शनीमा नेपालमा विगत बर्षदेखि नै व्यवसायीक उत्पादन हुदै आएका विविध जातका गोदावरी फूल विरुवाका साथै यस बर्ष भित्रिएका गोदावरी फूलका केही नयाँ प्रजातिका फूल विरुवाहरुको समेत प्रदर्शनी तथा विक्रि, वितरण भएको छ ।

यसका साथै यस मौसममा फूल्ने सयपत्री, मखमली तथा अन्य मौसमी फूल बिरुवाहरुको समेत प्रदर्शनीमा राखिएको थियो ।