एजेन्सी । बार्सिलोनाका फरवार्ड सर्जियो अग्युरो तीन महिना मैदान बाहिर रहने भएका छन् ।
शनिबार आल्भेसविरुद्धको खेलमा छातीमा समस्या देखिएका उनले तीन महिना फुटबल नखेल्ने क्लबले जनाएको छ ।
अर्जेन्टिनी स्टारको मुटु सहित विभिन्न परिक्षण गरिएको थियो ।
उनलाई उपचारका लागि राखिएको छ । र उनको स्वास्थ्यमा नजर राखिने बताईएको छ ।
अस्पताल लैजानु अघि अग्युरोको मैदानमै केही मिनेट उपचार गरिएको थियो ।
प्रि–सिजनमा चोट बोकेका अग्युरोले बार्सिलोनाबाट दोस्रो खेल मात्र खेलेका थिए । उनले बार्सिलोनामा दुई वर्षको सम्झौता गरेका छन् ।