१६ आश्विन २०८१, बुधबार
,
Latest
सिन्धुलीमा सडक पूर्वाधारसहित कृषिबालीमा ठूलो नोक्सानी टिकेन पुँजीबजारको उकालो यात्रा: नेप्से परिसूचक २६ अङ्कले घट्यो स्वास्थ्य मन्त्रालयको परिसरमै डेङ्गी फैलाउने लामखुट्टेको बासस्थान ! बाढीपहिरो र डुबानको असर परेन वीरगञ्जका दुवै भन्सार नाकामा सुनसरीको तरहरामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह न्यायपालिका पुरुषप्रधान छ: सञ्चारमन्त्री गुरुङ विपद्बाट ६ अर्ब रुपैयाँ बराबरको बालिनाली नोक्शानी भयो: मन्त्री अधिकारी निर्माण व्यवसायीहरुको २० अर्ब रुपैयाँ भुक्तानी भएको छ,बाँकी दशैँअघि कोशिस गर्छौं: अर्थमन्त्री पौडेल न्यायपरिषद्को विश्वसनीयता अभिवृद्धि गर्न विशेष जोड दिनेछु: प्रश्तावित प्रधानन्यायाधीश राउत आँबुखैरेनीमा उत्पादित सयपत्री बिक्रीका लागि तयार
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

पर्सा । अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी जिराभवानी गाउँपालिका–६ शंकरसरैया बस्ने ५६ वर्षीय प्रयाग चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत पर्साको २०७० माघ १७ गतेको फैसलाले उक्त मुद्दामा ९ वर्ष कैद र नगद ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले महानगरीय अपराध माहाशाखा र महानगरीय प्रहरी ‍वृत्त गौशाला काठमाडौंको समन्वयमा काठमाडौं महानगरपालिका–९ तिलगंगाबाट पक्राउ गरेको हो । 

चौधरी लागायतका प्रतिवादीहरुले २०६७ फागुन २४ गते भारत मुजफ्फरपुर मुसहरी बस्ने २० वर्षीय पुरुषलाई पर्सा वीरगञ्ज महानगरपालिका–३२ बाट अपहरण गरी बन्धक बनाएको अपहरण तथा शरीर बन्धक मुद्दामा अदालतले उक्त फैसला गरेको थियो । 

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पर्सामा बुझाइने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।