९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

साताको पहिलो दिन नेप्से परिसूचक १४.६७ अंकले ओरालो



अ+ अ-

काठमाडौँ । साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ ।

आइतबार नेप्से परिसूचकमा १४.६७ अंकले घटेर २ हजार ६१६.५८ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.०१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८१ अंकले गिरावट आएको छ ।

आइतबार कारोबारमा आएका २२४ कम्पनीको ४२ लाख ८७ हजार ५६९ कित्ता शेयर २ अर्ब २७ करोड ४६ लाख २६ हजार १९१ रुपैयाँ बराबरको कारोबार भएको छ । पछिल्लो समय नेप्से परिसूचकसँगै कारोबार रकम समेत निरन्तर रुपमा गिरावट हुँदै आएको  छ ।

नेप्सेका १३ उपसमूहमध्ये एउटा उपसमूहको सूचक बढेको छ भने बाँकी १२ उपसमूहको सूचकमा गिरावट आएको छ । जसमा लगानी उपसमूहको मात्रै १.६६ प्रतिशतले  सूचक बढेको छ । तर होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा धेरै  १.९६ प्रतिशतले गिरावट आएको छ । त्यस्तै, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेका छन् ।

आइतबार नेप्से परिसूचक गिरावट आए पनि राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ्ग नेपालको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, शिवश्री हाइड्रोपावर, प्रभु लाइफ इन्स्योरेन्स, मैलुङ्ग खोला जलविद्युत कम्पनी र  विशाल बजार कम्पनीको शेयरमूल्य ३ प्रतिशतभन्दा बढीले घटेको छ ।

कारोबार रकमका आधारमा १६ करोड २९ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार गरेर नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । जीवन विकास लघुवित्तको १३ करोड ४२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।