२५ असार २०८३, बिहीबार
,
Latest
दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरो जाँदा कम्तीमा सात जनाको मृत्यु चीनको फुजियानमा जुत्ता कारखानामा आगलागी, कैयौँ व्यक्ति फसेको आशङ्का व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै चन्द्रपुरका महिला सहकारीसम्बन्धी विधेयकमा परिवारसम्बन्धी व्यवस्था नातेदारलाई दुःख दिने मनशायले राखिएको होइनः मन्त्री रावल मिटरब्याज पीडितद्वारा जनकपुरधामबाट तेस्रो ‘पैदल न्याय मार्च’ शुरु टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा १८ जनालाई सफाइ टरिगाउँ विमानस्थलः नियमित उडान नहुँदा इन्धन डिपो समस्यामा सरकारले १० हजार पार्किङ जरिवाना तिराएको तनावले युवाद्वारा आत्मदाह प्रयास स्थानीय तह गैरदलीय बनाउने तथा प्रदेश सभा खारेज गर्ने विषयलाई संविधान संशोधनको बहस बनाउन मिल्दैनः… देशले गर्व गर्ने क्रिकेट खेल्छौँः नेपाली यु–१९ महिला टोली
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्यमा प्रतितोला रु ५०० ले वृद्धि, कितमा हुँदैछ कारोबार ?



अ+ अ-

काठमाडौँ । नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रू ५०० ले बृद्धि भएर रू ९४ हजार ८०० कायम भएको छ । सोमबार सुन प्रतितोला रू ९४ हजार ३०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू ९४ हजार ३०० रहेको छ । अघिल्लो दिन तेजाबी सुन प्रतितोला रू ९३ हजार ८०० तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य सोमबारका तुलनामा रू १० ले वृद्धी भएर रू एक हजार २९० कायम भएको महासङ्घले जनाएको छ ।

चाँदी शुक्रबार प्रतितोला रू एक हजार २८० मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८६६ डलर आसपासमा कारोबार भइरहेको छ ।