१५ आश्विन २०८१, मंगलवार
,
Latest
एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय विपद्बाट प्रभावितलाई राहत वितरण सुरु भइसक्योः प्रधानमन्त्री खोज उद्धार र राहतसँगै अवरुद्ध सडकमार्ग तत्काल सुचारु गर्न काँग्रेसको माग राष्ट्रिय वाणिज्य बैँकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा रु दुई करोड हस्तान्तरण नख्खुखोला बाढी पीडितको गुनासो: सरकार भएको आभाष नै भएन जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न प्रधानमन्त्रीको आह्वान दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छोड्न आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

साझा उम्मेदवार तयार गर्न पौडेल समूहलाई सकस



अ+ अ-

काठमाडौँ — चार वर्ष अघिदेखि नै शेरबहादुर देउवाले कांग्रेस चलाउन नसकेको निष्कर्षका साथ नेतृत्व परिवर्तनको मुद्दा उठाउँदै आएको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई महाधिवेशनको मुखमा साझा उम्मेदवार तयार गर्नै सकस परेको छ । नेतृत्व दोहोर्‍याउन देउवा रणनीतिका साथ अघि बढिरहेका बेला पौडेल समूहभित्रका नेताहरू भने आ–आफ्ना लागि दौडधुपमा छन् ।

संस्थापनइतर पक्षका मुख्य आकांक्षीमध्ये वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता शेखर कोइरालामध्येबाट एक जना साझा उम्मेदवार बन्नुपर्ने दबाब तीव्र छ । तर एकले अर्कोलाई स्विकार्ने परिस्थिति हुन सकेको छैन । समझदारी जुटाउन पौडेलले बिहीबार चाक्सीबारी गएरै गणेशमान पुत्र प्रकाशमान सिंहसँग करिब एक घण्टा छलफल गरेका थिए ।

मन्त्री छनोटको विषयलाई लिएर पौडेल र सिंहबीच बोलचालसमेत भएको थिएन । सिंहले सांसद राजन केसीलाई मन्त्रीका लागि अघि सारेका थिए । पौडेल र महामन्त्री शशांक कोइरालाले दिलेन्द्र बडू र मीनेन्द्र रिजाललाई मन्त्री बनाएपछि सिंह पौडेलसँग रुष्ट बनेका हुन् । त्यसपछि टुटेको संवादहीनता बिहीबार निवासमै पुगेर ‘ब्रेक’ गरे पनि पौडेल साझा उम्मेदवार बनाउने प्रयासमा सफल हुन सकेनन् ।

गत शनिबार सिंह अनुपस्थित रहेको संस्थापनइतर पक्षको बैठकमा पौडेलले कोइरालाद्वय र सिंहबीच सहमति बने आफू उम्मेदवार नहुने बताएका थिए । समझदारी नबने तीनै जनाले आफूलाई स्विकार्नुपर्ने पौडेलको प्रस्ताव थियो । ‘तीन जनाबीच सहमति हुन सकेन भने एक वर्षका लागि मलाई सहयोग गर्नुहोस् । सभापति बनेपछि तीनै तहका निर्वाचन सम्पन्न गराएर एक वर्षमै नेतृत्व तपार्इंहरूलाई सुम्पिन्छु । म प्रधानमन्त्री पनि बन्दिनँ,’ पौडेलको प्रस्ताव थियो, ‘साझा उम्मेदवारी दिन सकेनौं भने हामीले लिएको अभियान पूरा हुन सक्दैन ।’ त्यही कुरा पौडेलले बिहीबार चाक्सीबारीमा सिंहलाई सुनाएका थिए । तर, सिंहले त्यसलाई स्वीकार गर्न नसकिने भन्दै आफू उम्मेदवारीबाट पछि नहट्ने जनाउ दिए ।

‘जिल्ला–जिल्लाबाट आम साथीहरूले शेरबहादुरजीले पार्टी चलाउन सक्नु भएन, सँगै रामचन्द्र पौडेलबाट पनि पार्टी चल्न सक्दैन भनेका छन् । मैले तपाईंलाई होच्याउन र चित्त दुखाउनका लागि यो भनिरहेको छैन । तपाईंसँग प्राइभेट कुराकानी र समूहको बैठकमा पनि प्रस्टताका साथ भनेको हुँ, यही भावनालाई लिएर तपाईं निर्णय लिनुहोस् । तपाईं सिनियर नेता पनि हो, अग्रज पनि हो । तपाईंले बोक्दै आएको भारी अब मलाई बोकाउनुहोस् । तपाईंलाई सम्मानसाथ कहाँ कसरी राख्नुपर्छ म तयार छु,’ आफ्नै निवासमा भेट्न आएका पौडेलसँग सिंहले भनेका थिए, ‘१३ औं महाधिवेशनमा तपाईं कार्यवाहक सभापति हुनुहुन्थ्यो । तपाईंलाई जिताउन जीउज्यान लगाएर सहयोग गरेकै हो । विभिन्न कारणले सफल हुन सकिएन । अहिले त्योभन्दा प्र्रतिकूल परिस्थिति छ । तपाईंले सक्नु हुन्न । मलाई सहयोग गर्नुहोस् ।’