२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियामा नेपाली परिकार बेचेर गाउँमा कम्प्युटर शिक्षा



अ+ अ-

ब्रिसबेन,१२ डिसेम्बर । व्रिसवेनमा भएको होम फेष्टीभलमा नेपाली खानाका परिकारहरु विक्री गरेर उठेको पैसाले लमजुङमा कम्प्युटर कक्षा संचालन हुने भएको छ ।

साउथ ब्रिसवेनमा बस्दै आएका पूर्ण परियारले अष्ट्रेलियन साथीहरुसँग मिलेर उक्त फेष्टीभलमा नेपाली खानाका परिकारहरु विक्रि गरेका थिए । परियारले भने- ‘फेष्टीभलमा मःम, आलुको तरकारी, भात, मासु विक्रीबाट उठेको पैसाले लमजुङ्को श्री जन जागृति माध्यमिक विद्यालयको कम्प्युटर कक्षाका लागि शिक्षकाको एक वर्षको तलब पुग्ने भएको छ ।’

विद्यालयका लागि मध्य मस्याङ्दी जलविद्युत आयोजनाले कम्प्युटर र ल्याव बनाईदिए पनि शिक्षकलाई तलव दिने पैसा नहुँदा कम्प्युटर विषयको पढाई हुन सकेको थिएन । साउथ ब्रिसवेनको रोटरी क्लव र लमजुङ् रोटरी क्लवको सहकार्यमा उक्त कर्यक्रम सम्भव भएको परियारले एयु नेपाललाई बताए । पहिलो चरणमा दुई लाख ३८ हजार रुपैयाँ नेपाल पठाई सकिएको छ । नेपालमा पर्यटक पथ प्रदर्शक भएर काम गर्ने परियार तीन वर्षअघि अष्ट्रेलिया अएका थिए । आफ्नो जन्मथलोको मायाले प्रत्येक वर्ष उनले गाउँको लागि सानो सहयोग गरिरहेका छन् ।