२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली छात्रालाई अस्ट्रेलियामा ग्लोवल सिटिजन अवार्ड



अ+ अ-

सिड्नी, ३० जुन (एयुनेपाल) । नेपाली छात्रा राशी सिंहलाई अस्ट्रेलियाको भिक्टोरिया राज्य सरकारले ‘ग्लोवल सिटिजनसिप अवार्डँ ले सम्मान गरेको छ । मेलवर्नको पश्चिम ब्रान्सविक सेकेण्डरी कलेजमा १२ कक्षामा अध्यनरत सिंहलाई राज्यका शिक्षा मन्त्री मार्टीन डिक्सनले गएको मे २३ का दिन पार्लियामेण्ट हाउसमा आयोजित कार्यक्रममा उक्त सम्मन प्रदान गरेका थिए । स्थानिय र अन्तराष्ट्रिय विद्यार्थीहरु बीचमा भाइचार र मित्रता बढाउन सक्रिय रहेकोले सिंहलाई उक्त सम्मन गरिएको विद्यालयले जनाएको छ ।

सन् २००९ अस्ट्रेलिया आएकी सिंह आठ काक्षादेखि उक्त विद्यालयमा अध्ययनरत छिन् । हरेक वर्ष विद्यालयमा अध्ययनरत बिभिन्न समुदायका विद्यार्थीमाझ उनले बहुसाँस्कृतिक महोत्सव, खेलकुद र खाना महोत्सव आयोजना गरिरहेकी छिन् । राशी भन्छिन, ‘यो वर्ष विद्यालय परिवार, अभिभावक र स्थानिय समुदायलाई भेला गरेर नेपाली खानाको महोत्सव गर्दै छु ।’

 

इन्टर स्कुल क्याप्टेन समेत भएकी सिंहले नेपाली चाडपर्वहरु दशै तिहारको बारेमा सर्ट फिल्म बनाएर प्रदर्शन समेत गरेको एयु नेपाललाई बताइन । उनी नेपालमा हुँदा प्रहरी विद्यालय साँगामा विद्यार्थी थिइन । भविष्यमा ब्यवस्थापन विषय पढ्ने लक्ष्य लिएकी सिंह अहिले बुवा राजेश सिंह र आमा रेखा सिंह सँगै मेलवर्नमा बसिरहेकी छिन् ।