९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीका नाकामा द्वन्द्वकालमा जस्तै चेकिङ



अ+ अ-

काठमाडौं, २० कार्तिक । आसन्न सार्क सम्मेलनलाई मध्यनजर गर्दै प्रहरीले उपत्यकामा सुरक्षा सतर्कता बढाएको छ । बाहिरी जिल्लाबाट आउने सवारीसाधनलाई प्रहरीले उपत्यका छिर्ने नाकामा द्वन्द्वकालको झल्को आउने गरी चेकिङ गर्न थालेको छ ।
प्रहरीले नागढुंगा, फर्पिङ, जागती र बालाजु नाकामा सवारीसाधनबाट सबै यात्रुलाई झारेर चेकिङ गर्न थालेको छ । तालिमप्राप्त कुकुरले सहयोगमा प्रहरीले बसमा खानतलासी गर्नुका साथै शरीर जाँच गर्छ । सर्वसाधारणले भने सुरक्षाका नाममा प्रहरीले दुःख दिएको गुनासो गर्न थालेका छन् ।

सार्क सम्मेलनको सुरक्षालाई चुस्त बनाउन कडाइका साथ चेकिङ गर्नुपरेको महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता एसएसपी हेमन्त पालले बताए । खासगरी तराईका जिल्लाबाट राजधानी आउने बसहरुमा प्रहरीले बढी निगरानी राख्ने गरेको छ ।

थानकोट प्रहरी वृत्तका डिएसपी प्रवीण धितालले सबै बसहरुमा चेकिङ हुने, तर तराईका जिल्लाबाट आउने बसमा थप निगरानी राखिएको बताए । चेकिङकै लागि महानगरीय प्रहरी आयुक्त कार्यालयले थानकोट वृत्तमा थप २० प्रहरी खटाएको छ । फर्पिङ, जागती र बालाजु पनि प्रहरीले जनशक्ति बढाएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।