२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल

सार्कको निहुँ पारी काठमान्डौमा बन्ने भए दुर्इ पार्क

सार्कको निहुँ पारी काठमान्डौमा बन्ने भए दुर्इ पार्क
अ अ+ अ-

काठमाडौं, २० कार्तिक । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलनको मौकामा दुईवटा पार्क ब्यवस्थित गरिने भएको छ ।
काठमाडौ उपत्यका विकास प्राधिकरणले वर्षौर्देखि बेवारिसे बनेको नारायण चौरमा नन्दीकेशर बगैंचा र कमलपोखरीमा पार्क बनाउन लागेको हो ।
प्राधिकरण नगरि विकास आयुक्त डा।भाइकाजी तिवारीले तीन करोड रुपैंयाँ लागतमा पार्क निर्माण गर्न लागिएको जानकारी दिए ।
‘पार्क निर्माण गर्ने योजना अघिदेखिकै हो’, उनले भने,’पार्क बनाउन सार्कको अवसरलाई छोप्यौं ।’ सार्कमा नेपाल आउने विशिष्ट अतिथिको सवारीलाई समावेश नगरिए पनि साथमा आएका अन्य पाहुना त्यही बाटो भएर आवतजावत गर्ने उनले जानकारी दिए ।
अतिक्रमणका कारण नारायणचौर र कमलपोखरीमा २३(२३ रोपनी जग्गा बाँकी छ । सरकारी र सामाजिक सेवामा रहेका ब्यक्ति र संस्थाले समेत सरकारी जग्गा अतिक्रमण गरेका स्थानीय सर्वसाधारण बताउँछन् ।
नारायणचौरमा बगैंचा निर्माण कार्य सकिने अवस्थामा पुगेको छ भने कमलपोखरीमा सम्पूर्ण निर्माण कार्य सकिन अझै तीन महिना लाग्ने प्राधिकरणले जनाएको छ । आयुक्त तिवारीले कमलपोखरीमा प्रवेशका लागि शुल्कसमेत लिइने जानकारी दिए ।
नारायणचौरमा दूबोका साथै वरिपरि रुख रहनेछ भने बस्नका लागि ठाउँँठाउँमा बेञ्च रहनेछ । त्यस्तै कमलपोखरीमा वरिपरि उद्यानका साथै बीचमा सफा पोखरी हुनेछ । कमलपोखरीमा फाउन्टेन पनि राखिने तयारी रहेको आजको गोरखापत्र दैनिकमा खबर छ ।