• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo
Latest
★   लगानीकर्ताका लागि अनुकूल वातावरण बनाउन नेपाल तयार छ: परिसङ्घ अध्यक्ष अग्रवाल ★   वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई तेस्रो सफलता, भुर्तेलले लिए विकेट ★   बेथिति र बिकृतिको समुल अन्त्य गर्न आन्दोलनको बिकल्प छैन :- कमल थापा ★   गाजामा युद्धविराम विश्व आर्थिक मञ्चको प्रमुख एजेन्डामा ★   नेपाललाई दोस्रो सफलता, सागर ढकालले लिए दुई विकेट ★   वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पहिलो सफलता ★   इलाम–२ मा मतगणना सुरु ★   नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री ★   फेरिँदैछ वीरगञ्जको मुहार ★   जसपाको कार्यबाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई

गजल – त्यो गाउने सँग बिहे गर्छु



मैले लेख्या गजल त्यो गाउने सँग बिहे गर्छु

गर्दै गाली चोखो माया लाउने सँग बिहे गर्छु।।

 

सुन चाँदी नखोज भो चाहिदैन दाईजो पनी,

अजम्बरी माया लिई आउने सँग बिहे गर्छु।।

 

वर्त बसी सधै भरी गरेर त्यो पूजा पाठ,

चैत्र ,गुम्बा मन्दिर तिर धाउने सँग बिहे गर्छु।।

 

कैले मैले सताएर ठुस्की बस्दा पटाएर,

मिठो बोली सधै भरी छाउने सँग बिहे गर्छु।।

 

दैव लागी टाढा हुँदा सम्झी सम्झी मलाई नै,

जता ततै चारै तिर पाउने सँग बिहे गर्छु।।