३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

गहुँखेतीप्रति कृषकको आकर्षण घट्दो



अ+ अ-

ललितपुर, २५ मंसिर । जिल्लामा हरेक वर्ष गहुँखेती गर्ने कृषकहरु क्रमिक रुपमा घट्ने गरेको जिल्ला कृषि विकास कार्यालय ललितपुरले बताएको छ । कार्यालयका सूचना अधिकृत हरि पण्डितका अनुसार अहिले कृषक व्यावसायिक तरकारीखेती प्रति बढी आकर्षित भएकाले अन्न बाली लगाउने किसान कम भएका हुन् ।

ललितपुरमा खेती हुने जमिनमध्ये अहिले ४ हजार हेक्टर जमिनमा मात्र गहुँ खेती हुदै आएको छ । विगतका वर्षहरुमा ४ हजार ५० हेक्टर जमिनमा गहुँ खेती हुने गरेको थियो । यही अनुपातमा यस खेतीप्रति कृषकको आकर्षण घट्ने हो भने अबको केही वर्षमा अन्न बाली खेती गर्ने कृषकहरुको सङ्ख्या अत्यन्तै कम हुने पक्का रहेको पण्डित बताछन् ।

उनका अनुसार अन्न खेतीबाट तुरुन्तै आम्दानी लिन नसकिने र लामो समय कुर्नु पर्ने भएकाले अन्न बालीप्रतिको आकर्षण घटेको हो । अहिले ललितपुरमा मुख्य गरी बुङ्मति, लामाटार, ठैब र ठोचेमा गहुँ खेती हँुदै आएको छ । जिल्ला कृषि विकास कार्यलय ललितपुरले यस वर्ष उन्नत जातको गहुँको बीउको विस्तार र गुणस्तरीय बीउमा जिल्लालाई आत्मनिर्भर बनाउन १५ हेक्टर जमिनमा यसको खेती गरेको बताएको छ ।