१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले सभासद्लाई केपी ओलीको आदेश



अ+ अ-

काठमाडौं, भदौ ८ । एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी ओलीले नयाँ संविधानमाथि हुने छलफलमा पार्टी नीति विपरित धारणा नराख्न सभासद्हरुलाई कडा आदेश दिएका छन् ।
नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा मंगलवार संसदीय दलको बैठक डाकेर अध्यक्ष केपी ओलीले संविधानसभामा कुनै धारणा राख्नुपर्ने नै पर्ने भए प्रमुख सचेतकलाई सम्पर्क गर्न पनि निर्देशन दिएका हुन् ।
‘संविधानसभामा पार्टीको व्हीप लाग्दैन । पार्टी सदस्यहरुलाई यो मेरो पार्टी अध्यक्षको हैसियतले आदेश हो’ उनले भने–‘पार्टीको दृष्टिकोण, आधिकारिक धारणा, आदेश र निर्णय विपरित केही नबोल्नुहोला ।’

संसदीय दलको २९ औं बैठकले तीन वटा प्रस्ताव पारित गरेको छ । जसमा कैलालीको घटनालाई मानवताविरोधीप् निन्दा र भत्र्सना गर्दै घटनाबारे सरकारले न्यायीक छानबिन गर्नुपर्ने, हत्याको योजना बनाउने र हत्यामा संलग्नलाई कारबाही गर्नुपर्ने माग गरेको छ । त्यसैगरी गरी घटनामा ज्यान गुमाउने सुरक्षाकर्मीलाई एक तह बढुवा गर्न र सुरक्षा व्यवस्थामा कमजोरी गर्ने सुरक्षाकर्मीलाई कारबाही गर्न पनि सरकारसँग माग गरेको छ । यसअघि मंगलवार नै पश्चिमाञ्चल र मध्यमाञ्चलका सभासद्को भेला डाकेको थियो