२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै

८ प्रदेश नभए संविधानसभाबाट बाहिरिन्छु : गच्छदार, संविधानसभा चार दलको भारदारीसभा : कमल थापा

८ प्रदेश नभए संविधानसभाबाट बाहिरिन्छु : गच्छदार, संविधानसभा चार दलको भारदारीसभा : कमल थापा
अ अ+ अ-

काठमाडौं, भदौ ९ । संविधानसभाको चौथो दल राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संविधानसभा चार दलको भारदारीसभा भएको आरोप लगाएका छन् ।

बुधवारदेखि शुरु भएको संविधानको मस्यौदा विधेयकमाथिको छलफलमा भाग लिंदै अध्यक्ष थापाले भने ‘चार दलका शीर्ष नेताहरुले संविधानसभालाई राणाकालिन भारदारी बनाउन खोजेका छन् ।’ उनले मस्यौदा समितिका सभापति कृष्ण सिटौलालाई राणाकालीन फर्मान सुनाउने रहरबाट मुक्त हुन आग्रह गरे । थापाले पटक पटक भारदरी सभा भनेपछि एमाले सभासद कर्णबहादुर थापाले नियमापत्ति गरेका थिए ।

छलफलमा सहभागीहुँदै फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले भने आठ प्रदेशले मात्र थारु, मधेसी र जनजातिलाई सम्बोधन गर्न सक्ने दावी गर्दै भने ‘सात प्रदेशले पहाडलाई सम्बोधन गरेको छ तर मधेसी र थारु समुदायको आवाजलाई सम्बोधन गर्न सकेन ।’

‘म अन्तिम समयसम्म प्रक्रिया छु । तर, आदिवासी जनजाति, थारु र मधेसीको चित्तबुझ्दो भएन भने मेरो पार्टी र म यो प्रक्रियाबाट बाहिर जान्छु’, गच्छदारले चेतावनी दिए ।

गच्छदारले कैलालीको टीकापुरमा भएको घटनालाई कसैले राम्रो नमान्ने बताए । तर अहिले थारुहरुको घर जलाइएको भन्दै उनले भने(यस्तो हिंसात्मक प्रवृत्तिलाई रोक्नुपर्छ । तर, राजनीतिक समस्याको समाधान राजनीतिक रुपमा नै खोज्नुपर्छ ।’