२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै

नुवाकोटमा ३५ महिला बालबालिका बेपत्ता, दलालले बिक्री गरेको आशंका

नुवाकोटमा ३५ महिला बालबालिका बेपत्ता, दलालले बिक्री गरेको आशंका
अ अ+ अ-

नुवाकोट भदौ ९। वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि नुवाकोट जिल्लाबाट महिला तथा बालिका हराउने क्रम बढेको छ ।

त्यसअघि ग्रामीण भेगबाट महिला तथा बालिकालाई बिक्रीका लागि दलालले फाट्टफुट्ट लैजाने गरेकोमा पछिल्लो चार महिनामा यो सङ्ख्या ह्वात्तै बढेको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटले उपलब्ध गराएको तथ्याङ्कअनुसार अहिलेसम्ममा ४७ जना महिला तथा बालिका हराएकोमा १० जना मात्रै फेला परेका छन् । भूकम्पपछि ३४ जना महिला र १३ जना बालिका हराएका थिए । त्यसमध्ये सातजना महिला र तीनजना बालिका फेला परेको नुवाकोटका प्रहरी निरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

महिला तथा बालिका हराएको अनुपातमा जिल्ला प्रहरी कार्यालय नुवाकोटमा उजुरी कमै आउने गरेको छ । प्रहरीलाई प्राप्त हुने जाहेरीमा पनि बिक्रीकै लागि भनेर उल्लेख नहुने गरेको प्रहरी निरीक्षक वीरेन्द्र थापाले बताए ।

जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको सङ्ख्याको आधारमा १३ जना बालबालिका हराएका छन् । त्यसमध्ये, तीनजना मात्रै भेटिएको प्रहरीले जनाएको छ तर भेटिएपछि आफन्त परिवारले प्रहरीलाई जानकारी दिने नगरेकाले हराउनेको सङ्ख्या बढ्दै जाने र भेटिनेको विवरण कम हुने गरेको प्रहरी निरीक्षक थापाले बताए ।
विसं २०२२ देखि नुवाकोटबाट महिला बिक्रीको क्रम सुरु भएकोमा पछिल्ला वर्षमा मानव बिक्री र ओसारपसारको घटनामा कमी आएको थियो । विशेषगरी घ्याङ्फेदी, उर्लेनी, बेतिनी, गाउँखर्क, राउतवेंसी, शिखरवेंसी, सुन्दरादेवी, समुन्द्रटार, बालकुमारीलगायतका गाउँ विकास समितिबाट महिला तथा बालिका बिक्री हुँदै आएका छन् ।

भूकम्पअघि फाट्टफुट्ट हुनेगरेको महिला बिक्रीको घटना पछिल्लो चार महिनादेखि ह्वात्तै बढेको छ । ग्रामीण भेगका महिलालाई रोजगारी र सम्पत्तिको आकर्षण देखाएर दलालले भारतको यौनबजारमा लगेर बिक्री गर्ने गरेको मानव बिक्रीविरुद्धको अभियानमा सक्रिय व्यक्ति तथा सङ्घसंस्थाले जनाएका छन् ।भूकम्पपछि विदुर नगरपालिकाभित्रबाट पनि बालिका हराउन थालेका छन् । उनीहरु पनि दलालको फन्दामा परेर भारतको यौन बजारमा बेचिएको अनुमान गरिएको छ । रासस