२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै

हिंसात्मक आन्दोलन रोक : नेपाल, सबैका माग सम्बोधन गरौं : भट्टराई

हिंसात्मक आन्दोलन रोक :  नेपाल, सबैका माग सम्बोधन गरौं : भट्टराई
अ अ+ अ-

काठमाडौँ, १० भदौ । संविधानसभामा विहीवार पनि ‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथि को छलफल जारी छ ।

विहान ८ बजेदेखि शुरु हुने भनिएको संविधानसभा बैठक २० मिनेट ढिलो शुरु भएको थियो । बुधवारको बैठकमा अधिकाँश पार्टीका प्रमुखले शुरुमा धारणा राखेका थिए भने विहीवारको बैठकमा प्रमुख दलका दोश्रो तहका नेताहरुले धारणा राखेका थिए ।

बैठकको शुरुमै एमाले सभासद् माधवकुमार नेपालले मुलुक संविधान निर्माणको अन्तिम चरणमा प्रवेश गरिसकेको बताउँदै जनताका प्रतिनिधि र राजनीतिक दललाई शीघ्र संविधान प्राप्तिको जनचाहना पूरा गर्नुपर्नेमा जोड दिए ।
उनले सडक तताउने, द्वन्द्व चर्काउने कामले स्वाभाविक रुपमा संविधान निर्माण प्रक्रियामा गम्भीर असर पर्ने स्मरण गराउँदै मुलुकका विभिन्न भागमा पछिल्लो समयमा भएका घटनाले संविधान निर्माणको प्रक्रिया तुहाउने हो कि भन्ने आशङ्का सृजना भएकामा चिन्ता व्यक्त गरे ।

सभासद् नेपाल भने, “जनताका माग शान्तिपूर्ण राजनीतिक तवरबाट समाधान गर्नुपर्छ, हिंसात्मक आन्दोलन रोक्नुपर्छ । सरकारले संविधान निर्माणमा सबै दललाई औपचारिक÷अनौपचारिक रुपमा वार्ताको आह्वान गर्नुपर्छ । सबै पक्षलाई वार्तामा आउन र उनीहरुका जायज माग पूरा गर्नेतर्फ लाग्नुपर्छ ।”

 

लामो समय पर्खन सकिँदैन र सबैका माग समाधान गरी त्यसको देशको अखण्डतालाई बलियो बनाउनुपर्छ । देशको अहित हुनेकुरा स्वीकार्न सकिँदैन भन्दै सभासद् नेपालले संविधानको मस्यौदा ठूलो भएको, धेरै कुरा दोहोरिएकाले तिनलाई छोट्याउनुपर्नेमा जोड दिए ।
एमाओवादीका सभासद् बाबुराम भट्टराईले मुलुक इतिहासको नयाँ चरणमा प्रवेश गर्ने अन्तिम बिन्दुमा आइसकेको केही सातामा संविधान जारी हुने विश्वास व्यक्त गर्दै अब पछाडि फर्कन नसकिने बताए ।

संविधानको परिमार्जित विधेयक १२ बुँदे सहमति, विस्तृत शान्ति सम्झौता, मधेस आन्दोलन, नेपालको अन्तरिम संविधान, २०६३ का आधारमा तयार गरिएको स्पष्ट गर्दै उहाँले क्रान्तिबाट स्थापित विषयबाट बहकिएर पश्चगमनतर्फ अब कदापि जान सकिँदैन, उनले भने, “नेपालमा राजतन्त्रतात्मक शक्ति, लोकतान्त्रिक उदारवादी शक्ति र प्रगतिशील शक्तिमध्ये लोकतान्त्रिक र प्रगतिशील शक्ति बीचको सझौता हो, क्रान्ति र आन्दोलनले राजतन्त्रलाई समाप्त पारेको हो, विधि र कानुनले होइन ।”
सङ्घीयताबाट पछाडि फर्कन नसकिने, पहिचानका पाँच र सामथ्र्यका चार आधार कायम गर्दै सन्तुलित ढङ्गले प्रदेश विभाजन मिलाउनुपर्नेमा जोड दिँदै उनले सर्वसम्मतिले स्वीकार गरिएका विषयलाई उपेक्षा गर्न नसकिने बताए ।

केही नमिलेका विषयमा अहिले आवाज उठेको हो त्यसलाई सम्बोधन गर्न सकिन्छ भन्दै उनले भने, “केन्द्र, प्रदेश र स्थानीय तह भएपछि अब अञ्चल, जिल्ला र निर्वाचन क्षेत्र रहँदैनन्, निर्वाचन क्षेत्र पनि १६५ हुँदैछन् । नयाँ ढङ्गले सङ्घीय आयोगमार्फत पुनः संरचना गर्दैछौँ ।”

धर्म निरपेक्षताबाट पछाडि फर्कन नसकिने, बहुदलीय समावेशी लोकतन्त्र हुनुपर्ने, समावेशी समानुपातिक व्यवस्था हुनुपर्ने मधेसी, महिला, दलित, जनजातिलगायत सबै वर्गका हकअधिकार सुरक्षित गर्ने विषयमा विधेयक कमजोर भएकाले संशोधनका साथ संविधान जारी गर्नुपर्ने नेता भट्टराईको भनाइ छ ।

टीकापुरलगायत देशका विभिन्न स्थानमा भएका हिंसात्मक घटनाप्रति खेद प्रकट गर्दै उहाँले समयमै संविधान बनाउने लक्ष्य पूरा गर्न सम्पूर्ण नेपाली जनताको साथ र सहयोग अपरिहार्य भएको बताउनुभयो । रासस