२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा अब दुई लाख ८४ हजार निरक्षर



अ+ अ-

काठमाडौं, भदौ १८ । सरकारले देशभरिमा १५ देखि ६० वर्ष उमेर समूहका दुई लाख ८३ हजार नौ सय १३ निरक्षर बाँकी रहेको तथ्यांक सार्वजनिक गरेको छ । केन्द्रले सार्वजनिक गरेको तथ्यांकमध्ये सबैभन्दा बढी निरक्षर तराईका आठ जिल्लामा देखाइएको छ ।

तथ्यांकअनुसार तराईको सर्लाहीमा ३५ हजार तीन सय १९, महोत्तरीमा ४० हजार तीनसय तीन, धनुषामा १० हजार ६ सय ७८, बारामा चार हजार नौ सय १५, पर्सामा नौ हजार एक सय पाँच र रौतहटमा ६ हजार एक सय ९० जना निरक्षर रहेका समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छापिएको छ ।

जनसंख्याको आधारमा हुम्लामा २२.८ प्रतिशत, महोत्तरीमा २०.४ प्रतिशत, डोटी र रसुवामा १९.३, रोल्पामा १८.३ प्रतिशत र रुकुममा १७.७ प्रतिशत निरक्षर छन् । यो संख्या कुल जनसंख्याको साढे सात प्रतिशत हो ।