९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउदी अरेबियामा १३० जनालाई मृत्यदण्ड



अ+ अ-

काठमाडौं, भदौ १८ । साउदी अरेबियामा यस वर्षमात्र कम्तीमा पनि १३० जनालाई मृत्युदण्ड दिइएको समाचारमा जनाइएको छ ।

बिहीबार पनि यहाँको प्रशासनले एकजनालाई मृत्युदण्ड दिएको छ । योसँगै यस वर्षमात्र साउदी अरेबियामा मृत्युदण्ड दिएका व्यक्तिको संख्या १३० पुगेको जनाइएको छ ।

साउदी अरेबियाको प्रशासनले बिहीबार मसारी अल समारी नाम गरेका व्यक्तिलाई मृत्युदण्ड दिएको हो । ती व्यक्ति एकजना विदेशीको हत्यामा सम्लग्न रहेको पाइएकोले उनलाई मृत्युदण्ड दिइएको बताइएको छ ।

उनलाई साउदी अरेबियाको उत्तरपश्चिमी नगर काफर अल बातेनमा मृत्युदण्ड दिइएको छ । उक्त नगर इराकी सीमा क्षेत्रमा पर्छ । उनी साउदी अरेबियामा यसै वर्ष दिइएको मृत्युदण्डमा १३० औँ नम्बरमा पर्छन् । (एजेन्सी)