२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै

बालकको एक तस्वीरले विश्वभर खलबली

बालकको एक तस्वीरले विश्वभर खलबली
अ अ+ अ-

काठमाडौं, भदौ १८ । तीन वर्षीय सिरियाली आप्रवासी बालक टर्कीको एक समुद्री तटमा मृत भेटिएको तस्वीर सार्वजनिक भएपछि त्यसले संसारभर हलचल मच्चाएको छ ।

रातो टिसर्ट लगाएका बालकको तस्वीर टर्कीको समाचार संस्थाले जारी गरेपछि उक्त तस्वीर ‘समुद्री तटमा बगेको मानवता’ ह्यासट्यागमा ट्वीटरमा विश्वभर प्रमुख चर्चाको विषय (ट्रेन्डिङ) भएको छ ।

अनुहार घोप्टो परेको अवस्थामा बोड्रम भन्ने स्थान नजिकैको तटमा बालक भेटिएका थिए । टर्कीबाट ग्रीसतर्फ शरणका लागि गइरहेका बेला आयलान नाम गरेका तीन वर्षीय ती बालक आफ्ना ५ वर्षीय दाजु र आमासँगै डुंगा पल्टिँदा डुबेका थिए ।

ती बालकको शव स्थानीय एक माझीले फेला पारेका थिए । अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले ती बालकको मार्मिक तस्वीरहरु प्रकाशित गरेका छन् ।

उनका पिता अब्दुल्लाह कुर्दी भने बाँच्न सफल भएको जनाइएको छ । यसअघि ती बालकको परिवारले क्यानडामा शरणका लागि निवेदन दिए पनि अस्वीकृत भएको थियो । समुद्र हुँदै युरोप जान खोजेका धेरै व्यक्तिले यो वर्ष ज्यान गुमाइसकेका छन् । (एजेन्सी)